बारा र रौतहटसहित थप १५ मतदान केन्द्रमा आज मतदान सम्पन्न


प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार

गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तह र ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रममा आज ती मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार आज मतदान सम्पन्न भएकामा बारा र रौतहटका मात्रै १३ मतदान केन्द्र रहेका छन् । रौतहटको गरुडा नगरपालिका–७, बौधीमाई नगरपालिका–१, २ र ९, गढीमाई नगरपालिका–३ र ६, यमुनामाई गाउँपालिका–१ र २, देवानी गोनाही नगरपालिका–२, फतुवाविजयपुर नगरपालिका–७, बाराको बाराको पचरौता नगरपालिका–२ र ४, हुम्लाको चङ्खेली गाउँपालिका–२ र तनहुँको व्यास नगरपालिका–४ का एक–एक मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको थियो । हुम्लाको चङ्खेलीमा साँझ ५ बजेसम्म मतदान केन्द्रको हातामा प्रवेश गरेका मतदातालाई साँझ अबेरसम्म मतदातमा सहभागी गराइएको थियो ।

स्थगन भएकामध्ये अछामको साँफेबगर नगरपालिका–१३ मा यही जेठ ६ गतेका लागि निर्वाचन तय भएको छ भने उदयपुरको त्रियुगा नगरपालिका–१२ र बाजुराको बूढीगङ्गा नगरपालिका–१ देखि १० सम्म र बूढीनन्दा नगरपालिका–८ मा मतदानबारे निर्णय हुन बाँकी रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com