नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त
प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार
भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उहाँलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो । भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्ने जनाएको छ । नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गर्नुभएको हो ।






