लाइसेन्स लिंदा गलत टिक लगाएका कारण देशनिकालामा परेका पटेलविरुद्ध सर्वोच्चको निर्णय


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

अमेरिकाको सर्वोच्च अदालतले ड्राइभर लाइसेन्सका लागि आवेदन दिने क्रममा गलत बक्समा टिकमार्क लगाएका कारण देशनिकालाको सामना गरिरहेका भारतीय नागरिक पंकजकुमार पटेलविरुद्ध निर्णय गरेको छ । संघीय अदालतले अध्यागमन न्यायाधिसको निर्णयबारे पुनर्विचार गर्न नसक्ने फैसला सर्वोच्च अदालतले गरेको हो ।

अध्यागमन न्यायाधिसले गम्भिर प्रकारको तथ्यगत गल्ती गरेको अवस्थामा समेत अध्यागमन न्यायाधिसको निर्णयबारे संघीय अदालतले पुनर्विचार गर्न नसक्ने सर्वोच्चको निचोड रहेको छ । सर्वोच्च ९ जना न्यायाधिसमध्ये ५ जना न्यायाधिसहरु अध्यागमन न्यायाधिसको निर्णय संघीय अदालतले पुनर्विचार गर्न नसक्ने पक्षमा रहेका थिए ।

३० बर्षदेखि अमेरिकामा बस्दै आएका जर्जिया निवासी पटेलले ड्राइभर लाइसेन्स लिने क्रममा गलत बक्समा टिकमार्क लगाएका कारण देशनिकालाको सामना गरिरहेका छन् । पटेल सन् १९९२ मा विनाभिसा अमेरिका आएका थिए भने उनले पछि ग्रिनकार्ड आवेदन दिएका थिए । सन् २००८ मा ग्रिनकार्ड आवेदन पेन्डिङ रहेको अवस्थामा ड्राइभर लाइसेन्स नविकरण गर्ने क्रममा उनले गलत बक्समा टिकमार्क लगाएका थिए ।

उनले ड्राइभर लाइसेन्स नविकरण गर्ने क्रममा आफू अमेरिकी नागरिक भएको बक्समा टिक लगाएका थिए । पछि उनीविरुद्ध गलत विवरण दिएको अभियोग लगाइएको थियो । पछि उनीविरुद्धको आरोप खारेज गरिएपनि पछि उनी, उनकी पत्नी र छोराहरुलाई अमेरिकी सरकारले देशनिकालाको प्रकृयामा राखेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले ड्राइभर लाइसेन्स आवेदनमा गलत विवरण बुझाएको भन्दै युएससीआईएसले उनको ग्रिनकार्ड आवेदन अस्वीकार गरेको थियो । त्यसपछि अध्यागमन अदालतको न्यायाधिस समक्ष पटेलले दुर्घटनावश गलत बक्समा टिकमार्क लगाएको बताएका थिए । आफ्नो ग्रिनकार्ड आवेदन पेन्डिङ रहेको र आफूसँग वर्क परमिट रहेको अवस्थामा जर्जियाको कानुन अनुशार ड्राइभर लाइसेन्सका लागि आफू योग्य भएकाले जानाजान गलत बक्समा टिक लगाउने कुनै कारण नभएको उनले बताएका थिए ।

तर उनले अध्यागमन अदालतमा आफ्नो मुद्दा हारेका थिए । त्यसपछि उनले बोर्ड अफ इमिग्रेशन अपिलमा पुनरावेदन दिएका थिए । बोर्ड अफ इमिग्रेशन अपिलले पनि उनले गलत बक्समा टिकमार्क लगाउनु निर्दोष गल्ती नभएको ठहर गरेको थियो । त्यसपछि उनी संघीय पुनरावेदन अदालतमा गएका थिए ।

पटेलले ११ औं सर्किट कोर्टमा मुद्दा दायर गरेका थिए । तर उक्त पुनरावेदन अदालतले अध्यागमन अदालतको निर्णयमा सुनुवाई गर्ने आफ्नो कार्यक्षेत्र नभएको भन्दै मुद्दा अस्वीकार गरेको थियो । त्यसपछि उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले पनि अध्यागमन अदालतको न्यायाधिसबारे संघीय अदालतले पुनर्विचार गर्न नसक्ने निर्णय गरेको हो ।

अमेरिकी संसदले कस्ता गैर नागरिकहरु अमेरिकामा बस्न सक्ने र कुन अवस्थामा नियमहरु उल्लंघन हुने स्पष्ट व्यवस्था गर्दै कस्तो अवस्थामा देशनिकाला हुनसक्ने भन्नेबारे प्रकृया प्रदान गरेकाले यो प्रकृयामा संघीय अदालतको भूमिका निकै सिमित हुने सर्वोच्चले बताएको छ । निश्चित अवस्थाहरुमा देशनिकाला हुनबाट राहत प्रदान गर्नेबारे महान्यायाधिवक्तासँग दयाको स्थान भने हुने सर्वोच्चले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com