लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन् । प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि पूजाअर्चना गरे ।
दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए । भारतका विशिष्ठ अतिथिले मायादेवी मन्दिर परिसरमा रहेको पवित्र सरोवरको परिक्रमा गर्नुका साथै अशोक स्तम्भमा द्वीपप्रज्ज्वलन गरे ।
दुबै देशका प्रधानमन्त्रीहरुले अशोकस्तम्भ नजिकै रहेको वोधी वृक्षमा जलसिञ्चन पनि गरे । त्यसअघि भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्य पुत्तले स्वागत गरेका थिए ।
आजै भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाले यहाँस्थित अन्तरराष्ट्रिय वौद्ध गुम्बा परिसरमा भारतका निम्ति सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तरराष्ट्रिय वौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्नाको साथै त्यहाँ राखिएको शिलालेखको अनावरण गरे ।
खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏
त्यसअघि प्रधानमन्त्रीद्वयसँगै प्रधानमन्त्री देउवाको धर्मपत्नी डा देउवाले परित्राण पाठ र स्वस्तीवाचन श्रद्धापूर्वक श्रवण गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनीमा द्विपक्षीय शिष्टाचार भेट गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनीमा द्विपक्षीय शिष्टाचार भेट गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु देउवा सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनीमा स्वागत गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लुम्बिनीमा रहेका भारतीय नागरिकहरुले भेट गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लुम्बिनीमा रहेका भारतीय नागरिकहरुले भेट गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध गुम्बा परिसरमा भारतका निम्ति नेपाल सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तरराष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको संयुक्त रुपमा शिलान्यास गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रधानमन्त्री शेरबहादुर देउवा र लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार मायादेवी मन्दिर क्षेत्रमा । साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले । तस्बिरः रत्न श्रेष्ठ/रासस
एक दिवसीय लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिरतर्फ जाँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस
लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिरलाई ढोग गर्दै । साथमा प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रत्न श्रेष्ठ÷रासस
लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिरलाई ढोग गर्दै । साथमा प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा । तस्बिरः रत्न श्रेष्ठ/रासस
लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिर अगाडि राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै । तस्बिरः रत्न श्रेष्ठ/राससप्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनीमा स्वागत गर्दै । तस्बिरः मोदीको ट्वीटर
२५६६ औँ बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनी आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा ओर्लिएपछि सहभागी सर्वसाधारणलाई अभिवादन गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।