बिदा मनाउन ओबामा इन्डोनेसिया


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया आउनुभएको छ । उहाँ परिवारसहित इन्डोनेसियाको बाली आउनु भएको अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताउनु भएको थियो ।

पूर्वराष्ट्रपति ओबामा उहाँका श्रीमती मिचेल र दुई छोरीसहित बालीमा रहेको टापुमा पुग्नु भएको सेनाका अधिकारीहरुले जनाएका छन् । “उहाँहरु गएराति अवेर आएर होटलमा बस्नुभयो । अनि ओबामा विहानै उठेर व्यायाम गर्नुभएको थियो,” स्थानीय सैन्य प्रमुखले भन्नुभयो ।

एकसाता बालीमा बसेपछि ओबामा परिवार योग्याकार्ता पुगेर त्यहाँको पुरानो मन्दिरको भ्रमण गर्ने जनाइएको छ । २ दिन त्यहाँ बिताएपछि उहाँहरु जाकार्ता जानुहुनेछ । ओबामाकी पारपाचुके गरेकी आमाले इन्डोनेशियनसँग विवाह गरेपछि ओबामाले सन् १९७० सम्म ४ बर्ष इन्डोनेशियामा बिताउनुभएको थियो । इन्डोनेशियाका राष्ट्रपतिको बारम्बारको निमन्त्रणापछि ओबामा बिदा मनाउन त्यहाँ जानुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओबामाले जुन ३० मा इन्डोनेशियाका राष्ट्रपतिलाई भेट्ने र भोलिपल्ट एउटा कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com