उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले गाउँपालिकाको अध्यक्ष पदमा विजयी हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार दिएका नेपाली कांग्रेसका पुष्पकुमार राई विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ ।
अध्यक्षका पदमा राई नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार राजकुमार राईलाई एक हजार ३३८ मतको विरुद्ध एक हजार ८१८ मत प्राप्त गरेर विजयी हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा राई एमालेकी उम्मेदवार गीता कार्कीलाई एक हजार ३१२ विरुद्ध एक हजार ६४० मत प्राप्त गरेर विजयी हुनुभएको मूख्य निर्वाचन अधिकृतको कायालय उदयपुरले बताएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।