जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा अरुणादेवी राई र उपाध्यक्षमा खड्का विजयी


प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार

खोटाङ जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई र उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी हुनुभएको हो ।

उक्त पालिका अध्यक्षमा विजयी अरुणादेवीले दुई हजार ८८१ मत र उपाध्यक्षमा विजयी खड्काले दुई हजार ८०५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिनुभएको छ । उहाँहरुका निटकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका शङ्खरबहादुर राईले दुई हजार ५७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले दुई हजार ४९५ मत प्राप्त गर्नुभएको छ ।

विसं २०७४ सालमा भएको निर्वाचनमा अरुणादेवी माओवादी केन्द्र र खड्का कांग्रेसबाट अध्यक्षमा उम्मेदवार रहनुभएको थियो । यसवर्षको निर्वाचनमा सत्ता गठबन्धनले अध्यक्ष र उपाध्यक्ष तथा पाँच वडाध्यक्षसहित बहुमत सदस्य जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्तबहादुर खड्काले १३ मत पाएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी हुनुभएका शङ्खबहादुर र विमलालाई एमालेले पुनः दोस्रो कार्यकालका लागि यथास्थानमा रहनेगरी उम्मेदवार बनाएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जन्तेढुङ्गा गाउँपालिकाको ६ वडामध्ये एउटा वडामा मात्र एमालेको उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेका विदुरमान राई दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी हुनुभएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com