प्रतिनिधिसभाका रिपब्लिकन सांसदबाट कागजपत्रविहिनलाई अमेरिका प्रवेश रोक्ने बिल सार्वजनिक


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरुले कागजपत्रविहिनलाई अमेरिका प्रवेशमा रोक लगाउने बिल सार्वजनिक गरेका छन् । टेक्सासका रिपब्लिकन सांसद चिप रोयको नेतृत्वमा यो बिल ल्याइएको हो ।

मेक्सिकोको सिमाक्षेत्रबाट कागजपत्रविहिन आप्रवासीहरु अमेरिका आउने समस्याबाट संकट बढिरहेको अवस्थामा यो बिल ल्याइएको हो । सिमा सुरक्षा बिल २०२२ नाम दिइएको यो बिलमा होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीलाई सिमा नियन्त्रण गर्न आवश्यक ठानेको खण्डमा अमेरिकामा कागजपत्रविहिनको प्रवेश रोक्ने अधिकार प्रदान गरिएको छ ।

यो बिल पारित भएमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रमुखले आप्रवासन र राष्ट्रियता ऐनमा व्यवस्था भए अनुशार कागजपत्रविहिनलाई थुनामा राख्न नसकेको खण्डमा कागजपत्रविहिन आप्रवासीहरूको प्रवेश निलम्बन गर्नुपर्ने व्यवस्था गर्नेछ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले उक्त आवश्यकतालाई पालना नगरेमा पालना गर्नका लागि उनीबिरुद्ध कानुनी कदम चाल्न सकिने व्यवस्था समेत गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिलमा १७ जना रिपब्लिकन सांसदहरुले हस्ताक्षर गरेका छन् । रिपब्लिकनहरुले सिमा संकट समाधानका लागि विभिन्न उपायहरु सुझाइरहँदा यो बिल आएको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com