Follow @khasokhasmag

गुल्मी रेसुङगामा काँग्रेस विजयी, मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवर


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदबारहरु विजयी भएका छन् । मेयरमा खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै उपमेयरमा पनि कांग्रेस उम्मेदवार अमृतादेवी कुँवर विजयी भएकी छन् । उनले ८ हजार ६ सय १९ मत प्राप्त गरेकी छिन् ।

रेसुंगाको १४ वडा मध्ये १० वटा वडामा कांग्रेस र ४ वटा वडा एमाले उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका तर्फबाट वडा नं. २ मा हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लीलाधर आचार्य, ५ मा दुर्गाप्रसाद खनाल, ७ मा रामजीप्रसाद पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे, १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिं टन्डन क्षेत्री, १३ मा हुमबहादुर बस्नेत र वडा नं. १४ मा धनबहादुर पुन विजयी भएका छन् ।

एमालेबाट वडा नं. १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ, ८ मा निरञ्जन थापा र ११ मा खुमबहादुर राना विजयी भएका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com