अपडेट : एमाले ८, काँग्रेस ७, माओवादी केन्द्र ३ र एकीकृत समाजवादी २ स्थानमा निर्वाचित


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

स्थानीय तहको निर्वाचनको अहिलेसम्मको परिणाम अनुशार नेकपा (एमाले) प्रमुखमा ८ स्थानमा विजयी भएको छ ।

एमालेले डोल्पाको शे फोक्सुण्डो गाउँपालिका, मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लोमन्थाङ गाउँपालिका, मनाङको चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका, बझाङको साइपाल गाउँपालिका र सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु  गाउँपालिकामा जितेको छ ।

त्यस्तै नेपाली काँग्रेस ७ स्थानमा विजयी भएको छ । नेपाली काँग्रेसले डडेलधुराको गन्यापधुरा गाउँपालिका, मुस्ताङको घरपझोेङ गाउँपालिका, मनाङको नार्पा भूमि गाउँपालिका र नार्सो गाउँपालिकामा जितेको छ । त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका, गुल्मीको रेसुंगा नगरपालिका र दरबार गाउँपालिकामा पनि काँग्रैसले जितेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) पालिका प्रमुखमा ३ स्थानमा विजयी भएको छ ।  डोल्पाको जगदुल्ला गाउँपालिका, बाग्लुङको ताराखोला गाउँपालिका र दैलेखको नौमुले गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ ।

नेकपा (एकीकृत समाजवादी) २ स्थानमा पालिका प्रमुखमा विजयी भएको छ ।  डोल्पाको काइके नगरपालिका र छार्का ताङसोङ गाउँपालिकामा एकीकृत समाजवादीले जितेको छ  ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com