प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसका इन्द्रबहादुर कार्की निर्वाचित


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले तीन हजार ३८४ मत पाप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाउनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी हुनुभएको छ । उहाँले तीन हजार १३ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत पाप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गर्नुभएको थियो ।

अहिलेसम्म डडेल्धुरा जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले सात वडामा विजयी भएको छ भने एमाले एक वडामा विजयी, माओवादी केन्द्र एक, नेपाली कांग्रेस बिपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com