रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।
रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो । दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगी विजयी भएका छन् ।
सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।