काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको प्रारम्भिक अग्रता
प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ ।

मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गर्नुभएको छ ।

महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ ।

मतगणना जारी छ ।
