ट्रम्पले खारेज गरे तीनसाताभित्र भिसा अन्तरवार्ता लिनुपर्ने ओबामा प्रावधान


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  नयाँ कार्यकारी आदेश जारी गरेपछि विश्वभर रहेका अमेरिकी दूतावासबाट भिसा पाउने प्रकृयामा ढिलाई हुने भएको छ । भिसा आवेदकमाथि कडा छानविन गर्ने ट्रम्पको नीति अनुरुप कार्यकारी आदेश आएको हो ।

बुधबार जारी कार्यकारी आदेशले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २०१२ को जनवरी १९ मा जारी गरेको कार्यकारी आदेशमा रहेको एउटा महत्वपूर्ण प्रावधानलाई खारेज गरिदिएको छ । ओबामाले जारी गरेको १३५९७ नम्बरको कार्यकारी आदेशमा सेक्सन २ को बी अन्तरगतको दोश्रो बुंदामा ८० प्रतिशत भिसाका आवेदकको अन्तरवार्ता आवेदन दिएको तीनसाताभित्रै लिनुपर्नेगरी दूतावासलाई निर्देश गरिएको थियो ।

तर ट्रम्पको नयाँ आदेशले यो प्रावधानलाई खारेज गरिदिएको छ । अब दूतावासले कडा छानविनका नाममा आवेदकलाई जतिसमय पनि अन्तरवार्ताका लागि कुराउन सक्नेछ । डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सलाई ट्रम्पले तीनसाताभित्र अन्तरवार्ता लिनुपर्ने प्रावधान हटाइएअनुरुप कामकाज गर्न निर्देशन दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com