सोमबारदेखि मेडिकल डाक्टरको अमेरिकी कामदार भिसा फटाफट


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

युएससीआईएसले आगामी सोमबारदेखि मेडिकल डाक्टरहरुका लागि फाइल गरिएका सबै एच वान बी कामदार भिसाका आवेदनहरुको तीब्र गतिको निर्णय प्रकृया पुन सुरुवात गर्ने भएको छ । एक्सचेन्ज भिजिटरका रुपमा जे १ भिसा पाएका मेडिकल डाक्टरहरुले जे १ भिसामा जुन प्रयोजनका लागि अमेरिका आएको हो त्यो प्रयोजन पूरा गरेपछि स्वेदशमा २ बर्ष बिताउनुपर्ने प्रावधानभएपनि २ बर्षको प्रावधान पूरा गर्न नपर्नेगरी प्रदान गरिएको वेभर कार्यक्रम अन्तरगत प्राप्त एच वान बी भिसाका आवेदनको प्रिमियम प्रोसेस सुचारु गर्न लागिएको हो । प्रिमियम प्रोसेसका लागि योग्य आवेदनहरुबारे युएससीआईएसले शीघ्र निर्णय दिनेगर्छ ।

अमेरिकाको संघीय सरकारी निकायको रुचीको मापदण्डमा मेडिकल डाक्टरका लागि फाइल गरिएका आवेदनमा पनि प्रिमियम प्रोसेस सुचारु गरिने भएको छ । आगामी सोमबारदेखि योग्य मेडिकल डाक्टरका लागि आवेदनकर्ताले शीघ्र निर्णयका लागि अनुरोध गर्ने आई ९०७गैरआप्रवासी कामदारको आवेदन फर्म आई १२९ फाइल गर्न सक्नेछन् । फर्म आई ९०७ एचवानबीको आवेदनसँगै वा निर्णय नभएको एचवानबी आवेदनका लागि अलग्गै पनि फाइल गर्न सकिने युएससीआईएसले जनाएको छ ।

युएससीआईएसले अन्य प्रकारका एचवान बी आवेदनमा पनि प्रिमियम प्रोसेस सुचारु गर्ने योजना बनाएको छ । तर कहिलेदेखि सुचारु गर्ने भन्नेबारे भविश्यमा घोषणा गरिने युएससीआईएसको भनाई छ । हाल योग्यताप्राप्त मेडिकल डाक्टरहरुबाहेक अन्य सबै एचवानबी आवेदनको प्रिमियम प्रोसेस अस्थायी रुपमा स्थगन गरिएको छ । तोकिएको बाहेक अन्य प्रकारका एचवानबी भिसामा प्रिमियम प्रोसेसको अनुरोध सहित फर्म पठाएमा त्यस्ता फर्म अस्वीकृत गरिने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com