बुटवलको मिलनचोकमा बम विस्फोट, पर्चा समेत फेला


प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार

बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ । प्रहरीका अनुशार बुटवल मिलनचोक आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो ।

मिलनचोकको सनराइज बैंकको अगाडि बम विस्फोट भएको हो । बम विस्फोटबाट कुनै क्षति भएको छैन ।

साँझ ८ बजे १५ मिनेट जाँदा बम बिस्फोट भएको चर्को आवाज स्थानीयहरुले सुनेका थिए । बिस्फोट स्थल बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा पर्छ ।

उक्त स्थानबाट नेकपा माओवादीको नाममा पर्चाहरू समेत फेला परेको प्रहरीले जनाएको छ । वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com