न्युयोर्कमा भाडा वा मोर्गेज तिर्न असमर्थका लागि ५ हजारसम्म राहतका लागि आवेदन खुला


प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार

न्युयोर्कमा कोरोनाको महामारीपछि आर्थिक संकटमा परेर घरको भाडा वा मोर्गेज तिर्न नसकेकेका कारण घरविहिन हुने जोखिममा हुनेहरुका लागि छाया सीडीसीले राहतको कार्यक्रम ल्याएको छ । आपतकालिन आवास सुरक्षा कोष मार्फत यस्तो कार्यक्रम ल्याइएको छाया सीडीसीका बरिष्ठ साना व्यवसाय संगठक उर्गेन शेर्पाले जानकारी दिए ।

यो कोष मार्फत माडा तिर्न नसकी निष्काशनमा पर्न लागेकाहरु र मोर्गेज तिर्न नसकेर फोरक्लोजरमा पर्न लागेकाहरुलाई सहायता प्रदान गरिने जनाइएको छ । त्यस्ता व्यक्तिले यो कार्यक्रम मार्फत ५ हजार डलरसम्मको सहायता प्राप्त गर्ने जनाइएको छ ।

यो कार्यक्रमका लागि सोमबारदेखि आवेदन खुलेको छ । यो कार्यक्रमका लागि योग्य हुनका लागि औषत आम्दानी ९० प्रतिशत वा सोभन्दा कम भएको क्षेत्रमा बसोबास गरेको हुनुपर्ने, कोरोनाबाट आर्थिक रुपमा प्रभावित भएको हुनुपर्ने र घरबारविहिन हुने जोखिममा रहेको हुनुपर्ने प्रावधान रहेको छ ।

आवेदन दिने म्याद शुक्रबारसम्ममात्र रहेको छ । स्वीकृत आवेदकहरुलाईमात्र सम्पर्क गरिने छाया सीडीसीले जनाएको छ । पहिचानका लागि राज्यको आईडी वा न्युयोर्क सिटीको आईडी वा विदेशी पासपोर्ट लगायतका कुनै पनि आईडीहरु प्रदान गर्न सकिनेछ । योग्य हुनका लागि भाडाको रकम माग गरेको घरधनीको पत्र, घरमालिकबाट जारी भाडा मागेको सुचना जस्ता कागजात प्रदान गर्नुपर्न जनाइएको छ ।

त्यस्तै आयको प्रमाणका रुपमा सन् २०१९ र २०२० को पेस्टब, ट्याक्स फाइल, रोजगारीपत्र जस्ता कागजात पेश गर्न सकिनेछ भने महामारीबाट आर्थिक रुपमा प्रभावित भएको देखाउने बेरोजगारी भुक्तानी, कोरोना सम्बन्धित खर्चमा बृद्धि जस्ता कागजात पेश गर्न सकिन्छ ।

आवेदन दिनका लागि यहाँ क्लीक गर्नुहोला ।

यो कार्यक्रमबारे थप जानकारीका लागि यहाँ क्लीक गर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com