एसाइलममा आधारित वर्क परमिट आवेदकले बायोमेट्रिक शुल्क तिर्नु नपर्ने


प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार

अमेरिकामा एसाइलममा आधारित वर्क परमिट आवेदकले बायोमेट्रिक शुल्क तिर्नु नपर्ने नियम युएससीआईएसले ल्याएको छ । अदालतको निर्णयको परिणामस्वरुप एसाइलममा आधारित वर्क परिमटका आवेदकले वर्क परमिटका लागि बायोमेट्रिक शुल्क तिर्नु नपर्ने भएको युएससीआईएसले स्पष्ट पारेको छ ।

यसको अर्थ के हो ?

यदि तपाईको एसाइलम आवेदन पेन्डिङ रहेको छ र वर्क परमिट आवेदन आई ७६५ दिदै हुनुहुन्छ छ भने योग्यताको श्रेणी सी ८ अनुशार फर्म आई ७६५ भर्न सिकाउने निर्देशनहरुको पृष्ठ २ को अन्त्यमा बायोमेट्रिक शुल्क तिर्नेबारेको निर्देशन वेवास्ता गर्नुपर्छ । युएसीआईएसले फर्म आई ७६५ भर्न सिकाउने निर्देशनहरु सच्याउनका लागि काम गरिरहेको छ ।

यदि तपाईको एसाइलम आवेदन पेन्डिङरहेको अवस्थामा वर्क परमिटका लागि आवेदन दिंदा बायोमेट्रिक शुल्क तिरिसक्नुभएको छ भने हुने अवस्थाबारे पनि युएससीआईएसले जानकारी दिएको छ । यदि तपाईले ८५ डलर बायोमेट्रिक शुल्क मात्र तिर्नुभएको छ भने युएसीआईएसले शुल्क फिर्ता गर्नेछ भने वर्क परमिटको आवेदन फर्म स्वीकार गर्नेछ ।

यदि तपाईले बायोमेट्रिक शुल्क अन्य शुल्कसँग जोडेर पठाउनुभएको छ भने युएससीआईएसले बढी रकम पठाएको भन्दै आवेदनसँगै रकम फिर्ता गर्नेछ । यस्तो अवस्थामा सही शुल्क सहित पुन आवेदन पठाउनुपर्नेछ ।

किन यस्तो भयो ?

गत फरबरी ७ मा अमेरिकाको वासिंटन डिसीको अदालतले सन् २०२० को जुन २२ मा लागु भएको एसाइलम वर्कपरमिटको निर्णयबारे टाइमलाइन हटाउने नियम र जुन २६ मा लागु भएको एसाइलमको वर्क परमिटबारेको नियम कार्यान्वयनमा रोक लगाएको थियो । अदालतको निर्णयपछि युएससीआईएसले यी दुईवटा नियमहरु कार्यान्वयन गर्न रोकेको थियो ।

फरबरी ८ वा त्योभन्दा पछि दिने वर्क परमिट र एसाइलम आवेदनका सन्दर्भमा पुरानो नियम कार्यान्वयन रोकिएको थियो । त्यसपछि युएससीआईएसले एसाइलम आवेदनका सन्दर्भमा ट्रम्कालिन वर्क परमिटका प्रावधानहरु पनि कार्यान्वयन गर्न रोकिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com