हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित


प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार

नेपाल सरकारले परीक्षणको रुपमा आगामी जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । यही २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार हरेक शनिबार र आइतबार बिदा दिने र अन्य दिन बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म कार्यालय समय रहने उल्लेख गरेको छ । यद्यपि कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्रै रहने जनाइएको छ ।

प्रकाशित सूचनाअनुसार विसं २०७९ का लागि निर्धारण भएको दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन विभाग, वारुणयन्त्र टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर, सेवा राहदानी सेवा हुलाक जिल्ला प्रशासन कार्यालय, बैंकिङ, सेवा, आन्तरिक राजस्व, भूमिसुधार, मालपोत, नापी, भन्सार, स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने उल्लेख छ ।

मन्त्रालयले कार्यालयमा सार्वजनिक बिदा समयमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्न भनिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख १३ बो बैठकले हप्तामा दुई दिने बिदा दिने निर्णय गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com