बाल्टिमोरमा २ बर्षसम्म २४ हजार डलर पाउन आवेदन दिने म्याद सोमबारसम्म


प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार

अमेरिकाको बाल्टिमोरमा २ बर्षसम्म मासिक १ हजार डलर पाउने विशेष कार्यक्रमका लागि आवेदन दिने म्याद मे ९ सोमबारसम्ममात्र रहेको छ । यदि छनौट भएको खण्डमा उनीहरुले २ बर्षमा २४ हजार डलर प्राप्त गर्नेछन् ।

बाल्टिमोर योंग फेमिली सक्सेस फण्डबाट उक्त रकम प्रदान गरिनेछ । यो कार्यक्रम अन्तरगत २ सय जवान बुबाआमाहरुलाई रकम प्रदान गरिनेछ । बाल्टिमोरका मेयर ब्राण्डन स्कटले यो योजनाका लागि ४ दशमलव ८ मिलियन डलर छुट्याएका छन् ।

यो कार्यक्रम सिटी अफ बाल्टिमोर र मेयर्स फर ग्यारेन्टेड इन्कमबीचको सहकार्यमा ल्याइएको हो । सामाजिक सुरक्षा सञ्जाल विस्तारका लागि यो रकम विनाशर्त प्रदान गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको महामारीबाट प्रभावित जवान बुबाआमाहरुलाई आर्थिक पतनविरुद्ध लड्न सघाउने मेयर ब्राण्डनको भनाई छ । यो कार्यक्रमका लागि योग्य हुनका लागि विभिन्न ४ वटा योग्यता पूरा गर्नुपर्छ ।

आवेदक बाल्टिमोरमा बसोबास गर्ने हुनुपर्छ । आवेदक १८ बर्षदेखि २४ बर्षभित्रको हुनुपर्छ । आफैले जन्माएको वा धर्मसन्तान लिएको बुबाआमा हुनुपर्छ वा पूर्ण तथा आंशिक हेरचाहको जिम्मा लिएको अभिभावक हुनुपर्छ । संघीय गरिबीको रेखाभन्दा ३ सयप्रतिशत वा सोभन्दा कम आम्दानी भएको हुनुपर्छ ।

आवेदन मे ९ को राती ११ बजेर ५९ मिनेटभित्र दिनुपर्छ । आवेदकले योग्यताका प्रश्नको जवाफ दिनुपर्छ भने एउटा सर्भेमा भाग लिनुपर्छ । साथै आवेदन भरेर पेश गर्नुपर्छ । आवेदन अवधि सकिएपछि लोटरी प्रणालीबाट २ सय जना छनौट गरिनेछ ।

आवेदन दिनका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com