एसाइलममा आधारित ग्रिनकार्ड स्वीकृत हुन लाग्ने औषत अवधि ३८ महिना


प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार

एकबर्ष अगाडि एसाइलम स्वीकृत भएको आधारमा फाइल गरिएका ग्रिनकार्ड आवेदनमा निर्णय दिन युएससीआईएसले औषत ३८ महिना लगाउने गरेको छ । ८० प्रतिशत आवेदनहरु ३८ महिनाभित्र निर्णय हुने गरेको युएससीआईएसले जनाएको छ ।

३८ महिना औषत अवधि भएकाले कतिपय आवेदनमा निर्णय हुन यो भन्दा छोटो समय पनि लाग्न सक्छ । कतिपय आवेदनमा भने ३८ महिनाभन्दा पनि लामो समय लाग्नसक्छ ।

युएससीआईएसले नेब्रास्का सर्भिस सेन्टर र टेक्सास सर्भिस सेन्टरबाट एसाइलममा आधारित ग्रिनकार्डबारे निर्णय गर्दै आएको छ । एसाइलम स्वीकृत भएको एकबर्षपछि ग्रिनकार्ड आवेदनका लागि फाइल गर्न सकिने प्रावधान रहेको छ । अहिलेको अवस्था हेर्दा एसाइलम स्वीकृत भएको मितिले ग्रिनकार्ड प्राप्त गर्न झण्डै ४ बर्ष लाग्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रिनकार्ड आवेदन दिएको ४६ महिनाभित्र पनि आवेदनबारे निर्णय नआएको खण्डमा युएससीआईएसमा अनलाइनमार्फत सोधपुछ गर्न सकिन्छ । समान्य अवधिभन्दा धेरै समय लागेका आवेदनबारे अनलाइनबाट सोधपुछ भएमा युएससीआईएसले विशेष कदम चाल्नेछ ।

आजको मिति हिसाब गर्ने हो भने सन् २०१८ को जुलाई ८ भन्दा अगाडि आवेदन दिएका ग्रिनकार्ड आवेदनका सन्दर्भमा युएससीआईएसमा सोधपुछ गर्न सकिन्छ ।

यदि तपाइले सन् २०१८ को जुलाई ८ भन्दा अगाडि एसाइलममा आधारित ग्रिनकार्डका लागि आवेदन दिनुभएको थियो तर अहिलेसम्म निर्णय पाउनुभएको छैन भने आफ्नो आवेदनबारे युएससीआईएसमा सोधपुछका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com