आगामी आइतबारदेखि अमेरिकामा काम गर्न कोरोनाकालिन म्याद सकिएका कागजातले काम नगर्ने


प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार

आगामी आइतबार मे १ देखि अमेरिकामा काम गर्न कोरोनाकालिन म्याद सकिएका कागजातले काम नगर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । कोरोनाको महामारीका कारण अमेरिकामा रोजगारीका क्रममा परिचयपत्रका रुपमा काम गर्ने बी सुचीमा रहेका कागजातहरु म्याद सकिएको भएतापनि स्वीकार गरिदै आएको थियो ।

तर अब मे १ देखि लागु हुनेगरी रोजगारदाताले म्याद सकिएका बी सुचीमा रहेका कागजातहरु स्वीकार गर्न नसक्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रष्ट पारेको छ । कोरोना महामारीमा कारण कागजातहरु नविकरण गर्न असहज भएकाले म्याद सकिएका कागजात पनि स्वीकार गरिएको थियो ।

रोजगारदाताले सन् २०२० को मे १ देखि सन् २०२२ को अप्रिल ३० सम्म भने म्याद सकिएका त्यस्ता कागजातहरु पनि स्वीकार गर्न सक्नेछन् । तर मे १ पछि भने म्याद सकिएका कागजात स्वीकार गर्न नहुने जनाइएको छ । सन् २०२० को मे १ देखि सन् २०२२ को अप्रिल ३० सम्म म्याद सकिएका कागजात स्वीकार गरेका रोजगारदाताले जुलाई ३१ भित्र म्याद भएका कागजातसहित आई ९ फर्म अपडेट गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फर्मको अतिरिक्त जानकारी खण्डमा रोजगारदाताले शीर्षक, परिचयपत्र जारी गर्ने निकाय, नम्बर र म्याद उल्लेख गर्नुपर्छ । यदि विगतमा म्याद सकिएका कागजातसहित काममा लगाइएका तर अहिले काममा नरहेकाहरुका सन्दर्भमा भने रोजगारदाताले कुनै कदम चाल्नु नपर्ने जनाइएको छ । त्यस्तै स्वत म्याद थपिएका कागजातको सन्दर्भमा पनि कुनै कदम चाल्नु नपर्ने भएको छ ।

बी सुचीमा पर्ने कागजातमा संघीय, राज्य वा स्थानीय सरकारबाट जारी परिचयपत्र, ड्राइभर लाइसेन्स, स्टेट आईडी, फोटोसहितको स्कुल आईडी, भोटर रजिष्ट्रेशन कार्ड, अमेरिकी सैन्य कार्ड, सेनामा हुनेका आश्रितको कार्ड, क्यानडाको सरकारबाट जारी ड्राइभर लाइसेन्स लगायत पर्छन् । यो श्रेणीका कागजातहरु परिचय सुनिश्चित गर्ने प्रयोजनका लागिमात्र पेश गरिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com