वीरगन्ज नाकाबाट ९ महिनामा ६९ अर्बको नेपाली वस्तु निर्यात


प्रकाशित मिति : बैशाख ११, २०७९ आईतबार

नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगन्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात १२० प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७७र८७ को साउनदेखि चैतसम्ममा रु ३१ अर्ब ७६ करोड ४६ लाख भन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ३६ अर्ब ९४ करोड २१ लाख बढी अर्थात रु ६९ अर्ब ७० करोड ६७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा एक सय १९।५६ प्रतिशत बढी हो ।

वीरगन्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, दालमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यात बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको बताए ।

गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालू आवको सोही अवधिमा करिब २५ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा रु एक खर्ब २४ अर्ब ७७ करोड ५२ लाख राजस्व सङ्कलन भएको तुलनामा रु ३० अर्ब ६० करोड ७७ लाख बढी अर्थात् रु एक खर्ब ५५ अर्ब ३८ करोड २९ लाख राजस्व सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ ।-RSS

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com