Follow @khasokhasmag

बेलायती महारानीले महत्व दिइनन् ट्रम्पको आगामी बेलायत भ्रमण


प्रकाशित मिति : असार ८, २०७४ बिहीबार

यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेकोमा महारानी एलिजाबेथ द्वितीयले बुधबार संसदमा गर्नुभएको सम्बोधनमा यसबारे केही पनि उच्चारण गर्नुभएन । महारानीको यस मौनताले अब ट्रम्पको बेलायत भ्रमणको विषय नै अन्यौलमा परेको छ ।

राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण होस् भन्ने पक्षमा सर्वसाधारण नरहेका तथ्य सञ्चार माध्यमहरुले यसअघि नै खुलासा गरिसकेका थिए ।

ट्रम्पको बेलायत भ्रमणको विषयलाई लिएर गरिएको एक लिखित र सार्वजनिक सर्वेक्षण गर्दा उहाँको भ्रमण रद्द गराउन माग गर्दै १८ लाख व्यक्तिले सही गरेका थिए । एएफपी

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com