अप्रिल १८ को डेडलाइनमा ट्याक्स फाइल गर्न छुटाउनुभयो ? अब के हुन्छ ?


प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार

यो बर्ष अमेरिकामा ट्याक्स फाइलका लागि अप्रिल १८ सम्मको डेडलाइन तोकिएको थियो । अप्रिल १८ सम्म ट्याक्स फाइल गर्न नसक्नेहरुले अवधि थपका लागि अनलाइनमार्फत वा कागजीरुपमा आवेदन दिनसक्ने सुविधा समेत रहेको थियो ।

अवधि थपका लागि आवेदन दिएकाहरुले ६ महिनाभित्र ट्याक्स फाइल गर्न सक्नेछन् । अवधि थप गर्दा तिर्नुपर्ने अनुमानित ट्याक्स रकम भने अप्रिल १८ वा त्योभन्दा अगाडि नै तिर्नुपर्छ ।

तर अवधि थपका लागि पनि आवेदन नदिएका र समयमा ट्याक्स फाइल नगरेकाहरुले भने ट्याक्स फाइल नगरेवापत जरिवाना तिर्नुपर्छ । जरिवाना रकम जतिदिन ट्याक्स फाइल गर्न ढिलो भएको छ त्यसको गणना गरेर वा ट्याक्स नतिरेको हरेक महिनाको गणना गरेर ट्याक्स तिर्नुपर्ने रकमको ५ प्रतिशतसम्म हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुल जरिवाना रकम व्यक्तिले तिर्नुपर्ने ट्याक्स रकमको २५ प्रतिशतभन्दा धेरै भने हुँदैन । आईआरएसले जरिवाना रकममा पनि ब्याज लगाउँछ । यदि ट्याक्स फाइल गर्न ६० दिनभन्दा धेरै ढिलो भएमा जरिवाना रकम ४३५ डलर वा रिटर्नमा देखाउन आवश्यक करको शतप्रतिशतमध्ये जुन कम छ, त्यो हुनेछ ।

त्यस्तै ट्याक्स समयमै फाइल गरेको तर रकम तिर्न नसकेकाहरुले पनि जरिवाना तिर्नुपर्ने हुन्छ । ट्याक्स नतिरेको रकममा प्रतिशतका आधारमा जरिवाना लगाइन्छ । ट्याक्स फाइल गरेकै दिनमा रकम तिर्न नसक्नेहरुका लागि किस्तामा तिर्ने र अनलाइनबाट तिर्ने सुविधा समेत रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com