नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु


प्रकाशित मिति : बैशाख ५, २०७९ सोमबार

नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ ।

नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक–एक सैनिक अधिकृत तालिममा समावेश रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मध्यम तहका अधिकृतको नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको उक्त तालिमबाट हालसम्म सेनाका १० हजार ४०, विदेशी ९९, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ र रक्षा मन्त्रालय एकसमेत गरी एक हजार १९४ शिक्षार्थी अधिकृत दीक्षित भइसकेका छन् ।

बलाधिकृत रथी बालकृष्ण कार्कीले करिब एक वर्ष अवधिको सोमबार उक्त तालिमको शुभारम्भ गर्दै नेतृत्व विकासका लागि तालिम महत्वपूर्ण सावित हुने बताउनुभयो । सेनालगायतका सुरक्षा फौज माथिल्लो तहको अधिकृतका लागि उक्त तालिम अनिवार्य मानिदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com