फर्केर हर्दा २०७८ : विस्तार हुँदैछ स्वदेशी बिजुली प्रयोग गर्ने संस्कार,‘हाइ मास्ट’ जडानमा फड्को


प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार

रमेश लम्साल/ रुस र यक्रुेनको सङ्घर्षका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको अत्यधिक मूल्यबृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव हरेक घरघरमा परेको छ । नेपाल आयल निगमले सबैभन्दा बढी बिक्री गर्ने पेट्रोलको मूल्य प्रतिलिटर रु १६० पुगेको छ । हरेक १५ दिनमा बदलिएर आउने इन्धनको नयाँनयाँ मूल्यले सबैभन्दा बढी प्रभाव नेपालको अर्थतन्त्रमा पारेको छ ।

निगमको पछिल्लो विवरणलाई आधार मान्दा चालु आवको हालसम्म झण्डै रु दुई खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । व्यापार घाटा बढाउने एउटा प्रमुख कारकका रूपमा पेट्रोलियम पदार्थ पनि देखिएको छ । चालु आवको फागुन मसान्तसम्म व्यापार घाटा मात्रै रु ११ खर्ब ६० अर्ब ९९ करोड बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिका कारण गत फागुन मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीती ७.१४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिती ७।५१ प्रतिशत पुगेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले पनि पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण अर्थतन्त्रमा चाप परेको स्वीकार गर्नुभएको छ किनकी, त्यसको प्रभाव चौतर्फी पर्न जान्छ । उपभोग्य वस्तुको मूल्यवृद्धिदेखि अन्य दैनिक जनजीवनमा समेत त्यसले थप जटिलता निम्त्याउँछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशभित्र पेट्रोलियम पदार्थ उत्पादन नहुने तथा ठूलो मात्रामा विदेशी मुद्रा खर्च गरेर आयात गर्नु पर्दा सरकारको ढुकुटीमा समेत दबाव पर्न जान्छ । यस्तो विषम परिस्थितीले विकल्पको माग गरिरहेको छ । के छ त विकल्प रु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालका अनुसार अब देशव्यापी रूपमा हरेक क्षेत्रलाई विद्युतीकरण अर्थात् विद्युतीय सामग्रीको अत्यधिक प्रयोग एवम् स्वदेशी बिजुली खपतमा बढोत्तरी गराउनु ।

त्यसो त सरकारले ‘विदेशी ग्यास छाडौँ, स्वदेशी बिजुली उपभोग गरौँ’ भन्ने अभियान नै चलाएको छ । खाना पकाउनका लागि अब प्रतिसिलिण्डर रु एक हजार ६०० तिरेर ग्यास खरिद गर्नेतर्फ भन्दा पनि न्यूनतम मूल्यमा विद्युतीय चुल्होको प्रयोग बढाउने विषय नै अत्यावश्यक बनीसकेको छ । विदेशी मुद्राको सञ्चितीमा दबाव परिरहेको बेला हरेक नागरिकका तर्फबाट पनि योगदान हुनु आवश्यक छ ।

नेपाल विद्युत् प्राधिकरणको मूल्याङ्कनअनुसार पनि ग्यासमा भन्दा विद्युतीय चुल्होमा खाना पकाउँदा ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म सस्तो पर्न जान्छ । यस क्षेत्रमा अध्ययन गरिरहनु भएका ऊर्जा विज्ञ अमृतमान नकर्मीले शहरी क्षेत्रमा सरकारले अभियानात्मक रूपमा नै विद्युतीय चुल्होमा काम गर्नुपर्छ ।

वर्ष, २०७८ हामीबाट बिदा भएको छ । हामीले बिदाई गरेको वर्षले दिएको महत्वपूर्ण सन्देश भनेकै सबै क्षेत्रमा विद्युतीकरण गरौँ भन्ने नै हो । सरकारको ध्यान, घर घरमा इन्डक्सन, सार्वजनिक सवारी साधन विद्युतीय बनाउने भन्ने हो । यसबाट देशभित्रको बिजुली देशमै खपत गराउने योजनाले समेत मूर्त रूप पाउँछ ।

ऊर्जा मन्त्रालय सम्हालेदेखि नै मन्त्री भुसालले सबैभन्दा बढी जोड दिएको विषय नै विद्युतीय सामग्रीको प्रयोग र विस्तार हो । रकारका महत्वपूर्ण सुरक्षा निकायहरू, काठमाडौँ उपत्यकाका सबै ढावा तन्दुरी होटलहरू, तारे तथा गैरतारे होटलमा समेत विद्युीय चुल्होको प्रयोग बढाउन चेतना फैलाउने वर्षका रूपमा २०७८ बिदा भएको छ ।

आवश्यकता नै आविस्कारको जननी हो भने झै हरेक मानिसको चासोमा विद्युतीय सवारी र इन्डक्सन चुल्हो पर्न सफल भएको छ । जब मानिसले विद्युतीय सामग्रीको उपयोग गर्न थाल्छ, त्यतिबेला सरल र सहज भएको समेत अनुभव गर्न थाल्छ । बितेर गएको वर्षले नेपालीलाई सिकाएको महत्वपूर्ण ज्ञान नै यही हो ।

विद्युत् खेर गएपछिको मनोविज्ञान

त्यसपछाडि कही तथ्य र कारण पनि छ । गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । प्राधिकरणले आफ्ना विद्युत् गृह बन्द गरेरै भए पनि निजी क्षेत्रका आयोजनाको बिजुली खरिद गर्नुप¥यो । मूल्यमा हिसाब गर्दा झण्डै रु पाँच अर्ब बराबरको नोक्सानी भयो ।

यस वर्ष मात्रै प्रणालीमा थप ७१० मेगावाट बिजुली थप भयो । यससँगै देशको केन्द्रीय प्रणालीमा कूल जडित क्षमता दुई हजार १५० मेगावाट बराबर पुगेको छ । प्रसारण प्रणालीको सहजता भएको खण्डमा आगामी असारसम्म झण्डै १५० मेगावाट बिजुली थप हुन जान्छ । त्यो भनेको प्रणालीमा दुई हजार ३०० मेगावाट बराबरको बिजुली हो ।

बिजुली खेर पालेर विदेशी इन्धन र ग्यास खरिद गरेर ल्याउने भन्ने प्रश्न रहन सक्दैन अब । वर्ष, २०७८ ले नेपालीलाई दिएको अर्को महत्वपूर्ण सन्देश हो यो । विशेष गरी शहरी तथा शहरोन्मुख क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग क्रमशः बृद्धि हुन थालेको छ । सरकारले भन्सार महशुलमा दिएको छुटका कारण बजारमा रु तीन हजारको हाराहारीमा त्यस्ता चुल्हो उपलब्ध हुन थालेको छ ।

काभ्रेपलान्चोकको तेमालमा मात्रै झण्डै दुई हजार इन्डक्सन वितरण गरिसकिएको छ । यस्तै, लतिपुरको महाकालमा पनि स्थानीय सरकारले नै इन्डक्सन चुल्हो वितरण गरेको छ । ललितपुर महानगरपालिकाको एक वडाले पनि आफ्ना वडावासीलाई इन्डक्सन चुल्हो वितरण गरेको छ । अनेकन विधि र प्रक्रियाका आधारमा स्थानीय रूपमा समेत ग्यासको विकल्प खोज्ने प्रयत्न जारी छ ।

यसलाई युद्धस्तरमा अगाडि बढाउनका लागि प्राधिकरणले आफ्नो वितरण प्रणालीमा थप सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यसो त वर्ष २०७८ भरी नै प्राधिकरणले वितरण र प्रसारण प्रणालीको क्षमता बृद्धिमा गरेको मेहनतले पनि त्यही आवश्यकता बोध गराइदिएको छ ।

ऊर्जामन्त्री भुसालले वर्षभरी नै हरेक कार्यक्रममा विद्युतीय चुल्हो, बिजुलीको खपत र विद्युतीय सवारीको प्रयोग बढाउन गर्नुभएको जबरजस्त हस्तक्षेपले पनि क्रमशः वातावरण बन्दै गएको छ । प्राधिकरणले ५० वटा चार्जिङ स्टेशनको काम अगाडि बढाएको छ । निजी क्षेत्रबाट हुण्डाई कम्पनीले देशका विभिन्न स्थानमा ४० चार्जिङ स्टेशन निर्माण गरेको छ । निजी क्षेत्रका अन्य सङ्घ, संस्थाले पनि चार्जिङ स्टेशन निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् ।

त्यस्तै, ऊर्जा मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दुगर्म जिल्लाबाट काठमाडौँ उपत्यकामा आएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदानमा विद्युतीय चुल्हो उपलब्ध गराउने भएको छ ।

इभीमा प्राधिकरणको हस्तक्षेप

प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेश गर्ने उद्देश्यका साथ २० वटा टाटा नेक्सन इभी खरिद गरेको छ । निजी क्षेत्रमा सवारी साधन बिक्री गर्ने अटोमोबाइल कम्पनीले विद्युतीय सवारी साधनलाई नै प्रमुख प्राथमिकतामा राखेका छन् ।

पछिल्ला तयारी अनुसार साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । केही बस राजधानी भित्रिइसकेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै एक हजार १०३ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । पछिल्लो दुई वर्षको तुलनामा चालु आवको ६ महिनामा दोब्बरभन्दा बढी विद्युतीय सवारी साधन भित्रिएका छन् ।

सरकारले सन् २०२५ भित्रमा २५ प्रतिशत र २०३० भित्र ९० प्रतिशत निजी र ६० प्रतिशत विद्युतीय सवारी साधन प्रयोग गर्ने लक्ष्य राखेको छ । दिगो विकास लक्ष्यले पनि सन् २०१५ मा एक प्रतिशतको हाराहारीमा रहेको विद्युतीय सवारी साधनको सङ्ख्या सन् २०१९ मा ५ प्रतिशत प¥याउने लक्ष्य राखेको भए पनि त्यो सफल हुन सकेन । सरकारले पछिल्ला दिनमा सबेसम्म पेट्रोलियम पदार्थ प्रयोग हुने सवारी साधन खरिद नगर्ने नीति लिएको छ । सोही नीतिअन्तर्गत नै प्राधिकरणले विद्युतीय सवारी साधन खरिद गरी बजारमा हस्तक्षेप गरेको हो ।

अब इभीको पालो

नागरिक स्तरमा पनि विद्युतीय सवारी साधनको प्रयोगका सम्बन्धमा सचेतना विस्तार भएको छ । वर्ष, २०७८ ले सिकाएको यो अर्को महत्वपूर्ण ज्ञान हो । सरकारले विद्युतीय सवारी साधनको आयातमा कर सहुलियत दिएको छ । आयातमा लाग्दै आएको कर मात्रै नभई नगद मार्जिन समेत विद्युतीय सवारीमा नलाग्ने नीतिगत प्रबन्ध गरेको छ ।

उपभोक्ताले विद्युतीय सवारी साधनमा चासो राखे पनि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ । यसबाट माग अत्याधिक बृद्धि भएको छ भन्ने देखाउँछ ।

हाल नेपाली बजारमा हुन्डाईको कोना र आयोनिक–५, टाटाको नेक्सन इभी र टिगोर इभी, एमजीको जेडएस इभी, निसानको लिफल, बीवाईडी, दिगोगायत ब्रान्डका विद्युतीय कार उपलब्ध छन् । यो सरकारले लिएको विद्युतीय सवारीमैत्री नीतिका कारण बजारमा परेको सकारात्मक प्रभावको नतीजा हो ।

सरकारले पेट्रोलियम पदार्थ प्रयोग हुने सवारी साधनलाई हाइब्रिड वा विद्युतीय बनाउन सकिने नीतिगत प्रबन्ध समेत गरेको छ । राजत्रपमा सूचना प्रकाशित नै गरेर समयको मागलाई सरकारले सम्बोधन गरेको छ ।

घरघरमा ध्यान दिनुपर्छ प्राधिकरणले

वर्ष, २०७८ ले नेपालीलाई घरघरमा विद्युतीय चुल्हो र सडकमा विद्युतीय सवारी साधन प्रयोगका सम्बन्धमा सिकाएको महत्वपूर्ण ज्ञानलाई अब विस्तार गर्नुपर्ने आवश्यकता बढेर गएको छ । हरेक घरबाट ग्यास विस्थापन गर्ने हो भने प्राधिकरणले आफ्नो वितरण प्रणालीको सुधार र क्षमता बृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

प्रणाली सुधार गरेर मात्रै नहुने भएकाले फ्यूजको क्षमता बृद्धि, वाइरिङमा समेत ध्यान दिनुपर्नेछ । यस्तै, विद्युतीय चुल्होको प्रयोग गर्दा हुने फाइदाबारे सचेतनामूलक सामग्रीको प्रवद्र्धन गर्न आवश्यक छ । बजारमा सुफथ मूल्यमा विद्युतीय चुल्हो उपलब्ध हुने वातावरण सिर्जना हुनुपर्छ ।

विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिनका लागि करमा थप छुट, विशेष प्रोत्साहनको प्रबन्ध गर्न जरुरी छ । नीतिगत रूपमा हरेक नागरिकलाई पनि चार्जिङ स्टेशन निर्माण गर्न दिन मार्ग प्रशस्त गर्नुपर्छ । त्यसको तयारीमा ऊर्जा मन्त्रालय लागिपरेको देखिएको छ । त्यसो त निजी क्षेत्रले समेत सरकारको कामलाई सहयोग गरिरहेको छ । स्वतन्त्र ऊर्जा प्रवद्र्धकहरूको संस्था नेपाल ९इपान०ले विद्युतीय सवारी साधनको प्रयोग बढाउन जनचेतनामूलक गतिविधि गर्नेदेखि विद्युतीय सवारी साधनको ¥याली समेत गरिसकेको छ ।

हरेक नेपालीलाई विद्युतीय सवारी साधनको प्रयोगबारे जनचेतना बढाउन सफल भएको वर्ष, २०७८ बिदाई भएसँगै, वर्ष २०७९ ले यसमा गुणात्मक फड्को मार्नुपर्नेछ । आन्तरिक रूपमा नै विद्युत् खपत बढाउन र उज्यालो नेपालको सपना सकार पार्न जसरी चितवनको भरतपुर महानगरपालिकाले काम गरिरहेको छ, त्यस्तै, काम अन्य स्थानीय तहले समेत गर्नुपर्नेछ ।

‘हाइ मास्ट’ जडानमा फड्को

भरतपुर महानगर प्रमुख रेणु दाहालका अनुसार उज्यालो शहर अभियानअन्तर्गत प्राधिकरण र महानगरको साझेदारीमा स्मार्ट सडक बत्ती जडान भइरहेको छ । कूल रु ११ करोड ४९ लाख ८९ हजार ३०० बराबरको लगानमिा ७८।१ किलोमिटरमा कूल एक हजार ९३३ सडक बत्ती जडान हुनेछ । जिल्ला प्रशासन कार्यालय चोक, चौविस कोठी, विरेन्द्रचाक, शहिदगेट, पुल्चोक, पोखरा बसपार्क, दियालो बङ्गलाचोक र मालपोत चोकमा हाइ मास्ट जडान हुनेछ ।

बिजुली खपत बढाउने र उज्यालो नेपाल अभियानअन्तर्गत कार्यक्रमको बढावामा वर्ष, २०७८ आधार वर्षको रूपमा स्थापित भएको छ । यसलाई थप विस्तार गरेर लैजानुपर्ने आवश्यकता छ । सरकार र गैरसरकारी निकायले यस कार्यमा विशेष ध्यान दिनुपर्छ । त्यसो त सन् २०४५ शून्य कार्वन उत्सर्जन गर्ने मुलुकका रूपमा नेपाललाई पु¥याउने अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्नका लागि पनि सरकारले नीतिगतरूपमै विद्युत् अर्थात स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विशेष जोड दिनैपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com