एमाले, राप्रपा नेपाल र परिवार दलबीच चुनावी सहमति


प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार

नेकपा (एमाले)सँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा एकापसमा सघाउने विषयमा सहमति भएको छ ।

एमालेसँग ती दुई दलले आज अलग–अलगरूपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठ र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच अलग–अलगरूपमा भएको सहमतिपत्र आज सार्वजनिक भएको हो ।

ती दलले देशभर सम्भव भएका स्थानमा तालमेलन गर्ने, आफ्ना उम्मेदवार नभएका स्थानमा एमालेका उम्मेदवारलाई सघाउने एमालेसँग राप्रपा नेपाल र परिवार दलबीच जिल्ला तहमा सहमतिमा उम्मेदवार भएका स्थानमा सूर्य चिह्नमा निर्वाचनमा जाने सहमति भएको हो ।

निर्वाचित भए पनि आफ्नै दलमा रहने पनि उल्लेख गरिएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।-रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com