कर फाइल गर्न अनिवार्य नभएकाले पनि यसपटक ५ कारणले कर फाइल गर्नु उपयुक्त


प्रकाशित मिति : चैत्र २५, २०७८ शुक्रबार

अमेरिकामा ट्याक्स फाइल गर्ने डेडलाइन केहीदिनमात्र बाँकी रहेको छ । सामान्यतया १२ हजार ५ सय ५० डलरभन्दा कम आम्दानी भएकाले अमेरिकामा ट्याक्स फाइल गर्न अनिवार्य छैन । तर विज्ञहरुले विभिन्न खालका क्रेडिटहरु प्राप्त गर्नका लागि उनीहरुलाई पनि ट्याक्स फाइल गर्न सुझाव दिएका छन् ।

पहिलो कुरा १२ हजार ५ सय ५० डलर भन्दा कम आम्दानी भएका एकल र २५ हजार १ सय भन्दा कम आम्दानी भएका संयुक्त फाइल गर्ने दम्पत्तिले कर तिर्नु नपर्ने भएकाले ट्याक्स फाइल गर्न अनिवार्य नभएपनि उनीहरुले ट्याक्स फाइल गरेमा आईआरएसबाट रिफण्ड पाउनसक्ने हुनसक्छ । खासगरी घरमा बच्चाबच्ची वा आश्रित भएकाहरुले ठूलो रकम रिफण्ड प्राप्त गर्न सक्छन् ।

घरमा बालबालिका भएकाहरुले अर्नड इन्कम ट्याक्स क्रेडिटवापत ६ हजार ७ सय २८ डलरसम्म रिफण्डयुक्त क्रेडिट पाउनसक्छन् । त्यस्तै एकल व्यक्तिले पनि १५ सय २ डलरसम्म अर्नड इन्कम ट्याक्स क्रेडिट प्राप्त गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै चाइल्ड ट्याक्स क्रेडिट वापत एउटा बच्चाको ३६ सय डलरसम्म पाउनसक्ने व्यवस्था यसपटक रहेको छ । बार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी भएका एकल करदाता र १ लाख ५० हजारभन्दा कम आम्दानी भएका संयुक्त फाइल गर्ने दम्पत्तिले यो क्रेडिट पाउन सक्छन् ।

कतिपयले कोरोना महामारीको बेलामा राहत चेक नपाएका हुनसक्छन् । उनीहरुले पनि कर फाइल गर्दा यो चेक दावी गर्न सक्छन् । सन् २०२१ मा १४ सयको राहत चेक नपाएकाहरुले यसपटक कर फाइल गर्दा उक्त रकम दावी गर्न सक्छन् ।

त्यस्तै घरमा बच्चा वा आश्रितहरु भएकाहरुले चाइल्ड वा डिपेण्डेण्ट केयर क्रेडिट पनि पाउन सक्छन् । सन् २०२१ का लागि यो क्रेडिट पनि रिफण्डयुक्त रहेको छ । यसर्थ यसपटक ट्याक्स फाइल गर्नेले रिफण्डका रुपमा यो रकम पाउन सक्छन् । बच्चा वा आश्रितको हेरचाहका लागि रकम तिरेका र आफूले बाहिर काम गरेकाले यो क्रेडिट पाउनसक्छन् ।

त्यस्तै अमेरिकन अपर्चुनिटी ट्याक्स क्रेडिट वापत २५ सय डलरसम्म कलेजको योग्य खर्च कभर हुन्छ । त्यस्तै यो क्रेडिट पावत १ हजार डलरसम्म रिफण्ड पाउन सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com