युएससीआईएसका सबै सर्भिस सेन्टरमा प्राय सबै आवेदन शुल्क क्रेडिट कार्डबाट तिर्न सकिने


प्रकाशित मिति : चैत्र २४, २०७८ बिहीबार

अब युएससीआईएसका सबै सर्भिस सेन्टरहरुमा दिइने प्राय सबै अध्यागमनका आवेदनहरुमा शुल्क क्रेडिट कार्डबाट तिर्न सकिने भएको छ । सबै सर्भिस सेन्टरहरुले क्रेडिट कार्ड प्रयोग गरेर डिजिटल पेमेन्ट स्वीकार गर्ने दिशामा अगाडि बढाउन यो मुख्य कार्यक्रम अगाडि सारिएको थियो । अब युएससीआईएसको लकबक्स र सर्भिस सेन्टरमा फाइल गरिने आवेदनको शुल्क क्रेडिट कार्डबाट तिर्न सकिन्छ ।

क्रेडिट कार्डबाट रकम बुझाउदा आवेदनका साथमा क्रेडिट कार्ड प्रयोगका लागि स्वीकृति दिने आवेदन जी १४५० फर्म समेत एकैसाथ भरेर पठाउनुपर्छ । उक्त फर्ममा क्रेडिट कार्डको विवरण उल्लेख गरेर पठाउनुपर्छ ।

अमेरिकी बैंकबाट जारी क्रेडिटकार्डबाट रकम तिर्न सकिनेछ भने क्रेडिट कार्डबाट रकम तिर्दा युएससीआईएसले अतिरिक्त शुल्क नलिने जनाएको छ । विदेशी बैंकले जारी गरेको क्रेडिट कार्ड भने स्वीकार नगर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रेडिट कार्डबाट रकम तिर्नसकिने कार्यक्रम गतबर्ष मे ३ मा नेब्रास्का सर्भिस सेन्टरमा सुरु गरिएको थियो । सुरुमा यु भिसाका ग्रिनकार्ड आवेदन आई ४८५ का लागि स्वीकार गरिएपनि पछि जुलाई १९ बाट नेब्रास्का सर्भिस सेन्टरमा अन्य आवेदनका सन्दर्भमा पनि विस्तार गरिएको थियो ।

क्रेडिट कार्डबाट रकम तिर्दा कुनै कारणवश पहिलोपटक ट्रान्जेक्सन अस्वीकृत भएमा युएससीआईएसले दोश्रोपटक प्रयास गर्दैन । जसका कारण कुनै प्राविधिक कारण वा युएससीआईएसकै गल्तीले ट्रान्जेक्सन स्वीकृत नभएको खण्डमा समेत आवेदन फिर्ता आउने गरेको गुनासो सेवाग्राहीहरुको रहेको छ ।

लकबक्समा फाइल गरेका आवेदनका सन्दर्भमा भने क्रेडिट कार्डबाट पेमेन्ट गर्न सकिने सुविधा पहिलेदेखि नै रहदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com