२ बर्षे ग्रिनकार्ड लिएकाले १० बर्षे ग्रिनकार्ड आवेदन दिंदा अब सबैलाई अन्तरवार्ता अनिवार्य नगरिने


प्रकाशित मिति : चैत्र २४, २०७८ बिहीबार

शर्तसहितको २ बर्षे ग्रिनकार्ड लिएकाहरुलाई शर्त हटाएर १० बर्षे ग्रिनकार्ड दिने क्रममा अब सबै आवेदकलाई युएससीआईएसले अन्तरवार्ता अनिवार्य नगर्ने भएको छ । अहिलेसम्म दूतावासबाट आप्रवासी भिसा लिएर आउने शर्तसहितको २ बर्षे ग्रिनकार्ड वाहकलाई शर्त हटाएर १० बर्षे ग्रिनकार्ड प्रदान गर्ने क्रममा अन्तरवार्ता अनिवार्य गरिदै आएको थियो ।

तत्कालदेखि लागु हुनेगरी अन्तरवार्ता छुटका सन्दर्भमा नयाँ मापदण्ड लागु गरिएको युएससीआईएसले प्रष्ट पारेको छ । ग्रिनकार्डको शर्त हटाउनका लागि दिएको आई ७५१ आवेदनका सन्दर्भमा अन्तरवार्ता छुट दिने विषयमा अब जोखिममा आधारित दृष्टिकोण लागु गरिने युएससीआईएसले जनाएको हो । नयाँ मापदण्डमा कस्तो अवस्थामा अन्तरवार्ता छुट दिइने भन्नेबारे प्रष्ट पारिएको छ ।

नयाँ रणनीतिले आवेदनको प्रकृयामा लाग्ने समयमा सुधार हुनुका साथै युएससीआईएसको जनशक्तिको उचित र प्रभावकारी प्रयोग हुने विश्वास युएससीआईएसको रहेको छ । जालसाजीको पहिचान र राष्ट्रिय सुरक्षाको संरक्षणको प्रकृया जारी रहने भएपनि नयाँ रणनीतिले ब्याकलक पनि कम हुने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यतया अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकसँग विवाह भएको दुईबर्षभित्र पूरा नभएको अवस्थामा दम्पत्तिले ग्रिनकार्डका लागि आवेदन दिएको खण्डमा २ बर्षको शर्तसहितको ग्रिनकार्ड प्रदान गरिन्छ । उक्त ग्रिनकार्डको २ बर्ष पूरा हुनुभन्दा ९० दिनभित्र शर्त हटाएर पूर्ण ग्रिनकार्ड प्राप्त गर्नका लागि शर्त हटाउने आई ७५१ आवेदन दिनुपर्छ ।

विगतमा अन्तरवार्ता अनिवार्य गरिंदा युएससीआईएसको जनशक्तिको उचित र प्रभावकारी सदुपयोग भएको प्रमाणित नभएको युएससीआईएसले जनाएको छ । अब विवाह वास्तविक भएको, संयुक्त फाइलिङको आवश्यकता छुटको लागि योग्य भएको, जालसाजीको कुनै संकेत नभएको, अपराधको पृष्ठभूमि नभएको र कुनै समाधान गर्नुपर्ने जटिल तथ्य नभएको अवस्थामा शर्त हटाउने क्रममा युएससीआईएसले अन्तरवार्ता छुट दिन सक्नेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com