यस्तो हुने भयो आईफोन ८


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

एप्पलको बहुप्रतिक्षित आइफोन ८ आगामी सेप्टेम्बरमा लञ्च गर्ने एप्पलको योजना रहेको छ । यद्यपि एप्पल आफैले भने अहिलेसम्म आधिकारिक रुपमा आइफोन ८ का विशेषताबारे केही बताएको छैन । तर अहिलेसम्मकै अत्याधुनिक भनिएको यो फोनका बारेमा अनेक तथ्य बाहिर बाहिर आइरहेका छन् ।

आइफोन एटको लिक भएको तस्वीरबाट यो खुलासा हुन्छ की यो पटक एप्पलले आइफोनको डिजाइनमा ठूलो परिवर्तन गर्दैछ ।

यो पटक लिक भएका तस्वीरमा सबैभन्दा धेरै यसको टेम्पर ग्लास तथा स्क्रिनको चर्चा भैरहेको छ । आइफोन एटको स्क्रिन ५ दशमलव ८ इन्चको हुनेछ । यसको स्क्रिन पनि स्क्रयाच प्रतिरोधी बेजल ग्लासले युक्त हुनेछ । यसपटक आइफोनको क्यामरामा पनि परिवर्तन देख्न पाइनेछ । आइफोन एटको डुअल क्यामरा तेर्सो नभै ठाडो लहरमा हुनेछ ।

आईफोन ८ बारे थप जान्न यहाँ क्लिक गर्नुहोला । 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com