‘अभाव र गरिबी’को भूमरीमा परेको विक परिवार


प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार

म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यही गाउँमा आश्रय लिएर बसेका छन रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाइ कष्टकर भएपछि उहाँको परिवार छिमेकी (माइती) गाउँमा ओत लाग्न पुगेका हुन् । उनीहरूको कुइनेखानीको बारी पहिराले बगाएको थियो ।

विगत १२ वर्षदेखि विकका परिवार उनको श्रीमती लालमायाको कान्छो बुबाको घरमा आश्रय लिएर बसेका छन् । विक दम्पतीको अनमेल विवाह भएको थियो । न्यून दृष्टिविहीन रहनुभएकी लालमायाको ३९ वर्ष जेठा बसवीरसँग विवाह भएको थियो । अहिले लालमाया ३५ र बसवीर ७४ वर्ष पार गर्नुभएको छ ।

विक दम्पतीका चार सन्तान छन् । गरिबी, अभावको चरम सामाना गरेको यस परिवारले आश्रय लिएको घरसमेत जीर्ण अवस्थामा पुगेको छ । माइतीमा आश्रय लिएको घरबाहेक खेती–किसानी गर्ने कुनै जग्गाजमिनसमेत छैन ।

मजदुरी गरी परिवारको जीविकोपार्जन गर्दै आएका विक परिवारमा घरमुली बसवीर वृद्ध हुँदै गएको र उहाँको गत वर्ष एउटा आँखाको ज्योति गुमेपछि परिवार नै साहाराविहीन बन्न पुगेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“जेनतेन परिवार पालेको थिएँ, अघिल्लो वर्ष काम गर्ने क्रममा आँखामा ढुङ्गा प¥यो, समयमै अस्पतालमा उपचार गराउन जान नसक्दा आँखा नै बन्द भयो, अहिले त अर्को आँखाले पनि कम देख्न थालेको छ, पाखुरा बेचेर परिवार चलाउने मेसो पनि हरायो”, उहाँले भन्नुभयो । उहाँकी श्रीमती पनि न्यून दृष्टिविहीन हुनुहुन्छ ।

घरमुली दम्पतीले नै काम गर्न नसक्ने र दुवैको कुनै पनि आम्दानीको स्रोत नभएपछि उनीहरूको दैनिक घर खर्चदेखि छोराछोरीको पालनपोषण र शिक्षामा समेत अभावले सताउन थालेको छ । आफूहरूले घरायसी सामान्य कामबाहेक केही गर्न नसक्ने र छोराछोरी साना भएकाले घरखर्च र पढाइलेखाइ गराउन समस्या भएको लालमायाले बताउनुभयो ।

विक दम्पतीका ती छोरा र एक छोरीमध्ये एक जनाले स्कुल जान नै छाडेका छन् । जेठो १५ वर्षका छोरा सुविन्द्रलाई काठमाडौँको एक संस्थाले निःशुल्क पढाइदिएको छ । स्थानीय जनज्योति आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययन गर्दागर्दै ११ वर्षका माइलो छोरा राजेन्द्रले आर्थिक अभावकै कारण स्कुल जान छोडेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएको र कापी, कलम तथा लत्ताकपडा व्यवस्था गर्न नसकेपछि राजेन्द्रले स्कुल जान छाडेर छिमेकी र गाउँलेको काम गर्न थालेको आमा लालमायाले दुःखेसो पोख्नुभयो । लालमायाकी १० वर्षीया छोरी सुशीलालाई पनि पढ्ने निकै रुचि छ तर उनको पढाइ पनि बीचैमा रोकिने त होइन भन्ने चिन्ता छ । विक दम्पतीको कान्छो छोरा तेजिन्द्र भर्खर दुई वर्षका छन् । नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट गुजारा चलाउने विक दम्पती गरिबी, अशिक्षा र अभावको चपेटामा परेका छन् ।

“छोराछोरी साना छन, श्रीमान् ७४ वर्ष पुग्नुभयो, काम गर्न सक्नुहुन्न म पनि आँखाको कमजोरी छु, लाउने खानेदेखि लिएर पढाउन पनि धरै समस्या भएको छ, कपडा त मोगेर लगाउँछौँ, बरु कुनै छाक भोकै बस्छौँ, छोराछोरीको पढाइका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो”, लालमायाले भन्नुभयो । अहिलेसम्म त जेनतेन चलेको विक परिवारमा बिरामी भएमा कहाँ जाने भन्ने प्रश्नले पिरोलिरहन्छ ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com