अस्पताल परिसरमा कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुल्यो


प्रकाशित मिति : चैत्र २१, २०७८ सोमबार

प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो ।

अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो ।

कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो । शव व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले उक्त शव दैलेखको आठबिस नगरपालिका–९ का पवित्रा विक बच्चाको रहेको जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार यही चैत १४ गते प्रदेश अस्पतालमा पवित्राबाट मृत बच्चा जन्मिएको थियो । आफैँले दाह संस्कार गर्छु भनेपछि अस्पतालले शव हस्तान्तरण गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पवित्रा र उहाँका श्रीमान् गोपालले प्रहरी समक्ष आफूहरुले बच्चाको शव अस्पताल क्षेत्रभित्रको जङ्गलमा गाडेको र त्यहाँबाटै कुकुरले ल्याएको हुनसक्ने बताएका थिए । प्रहरीले शवको सनाखत गराई पुनः सुरक्षितरूपमा दाह संस्कार गर्न पवित्रा दम्पतीको जिम्मा लगाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com