बेल्जियममा मारियो संदिग्ध आत्मघाती बम हमलाकारीलाई


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

बेल्जियमका सैनिकहरुले एक जना संदिग्ध आत्मघाती बम हमलाकारीलाई ब्रसल्सको सेन्ट्रल स्टेशनमा गोली हानी मारिदिएका छन्। प्रहरीले ती व्यक्तिले बम सहितको ‘भेष्ट’ लगाएको जस्तो देखिएको र उसले एउटा सानो विस्फोट गराएको जनाएका छन्।

सैनिकहरुले घटनास्थलमै उक्त व्यक्तिमाथि गोली चलाएका थिए। संघीय अभियोजकहरुले उनी मारिएको पुष्टि गरेका छन्। अरु कोही पनि घाइते भएका छैनन्।

ब्रसल्सको मध्य भागमा रहेको उक्त सेन्ट्रल स्टेशन र नजिकैको चोकमा रहेका पर्यटकहरुलाई सुरक्षित स्थानमा जान भनिएको थियो। अघिल्लो वर्ष जिहादीहरुले ब्रसल्सको विमानस्थल र मेट्रो प्रणालीमा घातक हमला गरेपछि सैनिकहरुले ब्रसल्समा गस्ती गर्दै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बीबीसीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com