सार्वजनिक यात्रुबाहक यातायातमा १० प्रतिशत भाडावृद्धि


प्रकाशित मिति : चैत्र २०, २०७८ आईतबार

सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी सधानको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ ।

पेट्रोलिमय पदार्थमा भएको निरन्तरको मूल्य वृद्धिका कारण सरकारले स्वचालित भाडा निर्धारणको अवधारणाअनुरूप भाडादर वृद्धिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । यातायात व्यवस्था विभागका अनुसार, यात्रुवाहक सवारीमा १०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेतको सहमतिका आधारमा आजैदेखि लागू हुने गरी दुई वा दुईभन्दा प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायात भाडादर समायोजन गरिएको विभागको सूचनामा उल्लेख छ ।

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालितरूपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभागद्वारा जारी सूचनामा छोटो, मधयम र लामो दूरीका अन्तरप्रदेश रुटमा कायम गरिएको सार्वजनिक यातायातका भाडादर, रुटको नाम, दूरी, साविकको भाडादर र लागू गरिएको भाडादरको सूची समावेश गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com