कडा श्रमशिविरपछि उत्तर कोरियाबाट फर्काइएका अमेरिकी विद्यार्थीको मृत्यु (१० तस्विर)


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

उत्तर कोरियाबाट रिहा भइ स्वदेश फर्किएका अमेरिकी विद्यार्थीको मृत्यु भएको छ । १५ महिना कैद सजाय काटेर गएको हप्ता अमेरिका फर्किएका ओटो वार्मबियरको निधन भएको वार्मबियरको परिवारले जनाएको छ ।

रिहा हुदा ओटो कोमामा रहेको र अमेरिकाको सिनसिनाटीस्थित घर पुगे लगत्तै अस्पताल भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले ओटोमा गम्भीर दिमागी विमारी रहेको बताएका थिए । ओटोको परिवारले उत्तर कोरियामा दिइएको यातनाका कारण ओटो कोमामा गएको बताएका छन् ।

उत्तर कोरियाले भने यसको खण्डन गर्दै निन्द्राको औषधिका कारण ओटोको त्यस्तो अवस्था भएको बताएको छ । उत्तर कोरियाले वार्मबियरलाई गएको वर्ष आफ्नो देश विरुद्ध प्रोपोगाण्डा बनाएको भन्दै होटलबाट पक्राउ गरेको थियो । उत्तर कोरियाली सरकारले उनलाई १५ वर्षको कठिन श्रम कारावासको सजाय सुनाएको थियो । भर्जिनिया विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थी वार्मबियर गएको वर्षको जनवरी २ मा उत्तर कोरिया भ्रमणमा रहेका बेला पक्राउ परेका थिए ।

१५ बर्षको कडा श्रमसहित उत्तर कोरियामा जेल सजाय पाएका ओट्टो पत्रकारहरु समक्ष ।
ओट्टोको बाल्यकालको तस्विर ।
ओट्टोको प्रतिक्षामा उनका बुबाआमा
परिवारका साथमा ओट्टो ।
परिवारका साथमा ओट्टो ।
ओट्टोको बुबाआमाको कम्प्युटरमा भेटिएको उनको तस्विर ।
प्योंगयांगमा अदालतमा ओट्टो ।
प्योंगयांगमा एउटा पत्रकार सम्मेलनमा ओट्टो
ओट्टोलाई मुक्त गर्न माग गर्दै अमेरिकामा उनका साथीहरु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com