अर्को महिनादेखि भिसा सुविधामा स्थलमार्गबाट अमेरिका आउनेले कागजी फर्म भर्नु नपर्ने


प्रकाशित मिति : चैत्र १८, २०७८ शुक्रबार

अर्को महिनादेखि भिसा सुविधामा स्थलमार्गबाट अमेरिका आउने आप्रवासीहरुले आई ९४ डब्ल्यु नामको कागजी फर्म भर्नु नपर्ने भएको छ । सीबीपीको अन्तरिम अन्तिम नियम अनुशार उनीहरुले पनि अनलाइनमार्फत यात्रा अनुमतिका लागि विद्युतीय प्रणालीमार्फत विवरण बुझाउनुपर्नेछ ।

यसबारेको नियम आज फेडरल रजिष्टरमा प्रकाशित भएको छ । यो नियम मे २ देखि लागु हुनेछ । ३० दिनसम्म यो नियमबारे कमेन्ट गर्न सकिने समेत जनाइएको छ । अमेरिका आउनका लागि भिसा स्टीकर नचाहिने देशका नागरिकहरुका लागिमात्र यो नियम लागु हुनेछ ।

अमेरिकामा ४० देशका नागरिकलाई घुमफिरका लागि आउन दूतावासबाट भिसा लिनु पर्दैन । उनीहरु बी श्रेणीको भिसा नलिइकनै ९० दिनसम्म अमेरिकामा भ्रमण गर्न सक्छन् । तर अनलाइनमार्फत यात्रा अनुमतिका लागि आवेदन दिएर स्वीकृत भइसकेपछिमात्र उनीहरु अमेरिका प्रवेश गर्न सक्छन् । अन्यथा उनीहरुले भिसा लिएरमात्र अमेरिका आउनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म भिसा सुविधाप्राप्त देशहरु स्थलमार्गबाट अमेरिका प्रवेश गर्दा सीबीपीलाई बायोग्राफिक र यात्राबारेको सुचना प्रदान गर्ने कागजी फर्म भर्नुपर्ने व्यवस्था रहेको छ । सीबीपीले हवाई र जलमार्गबाट अमेरिका आउनेहरुका लागि अनलाइनबाटै यात्रा अनुमति फर्म भर्नुपर्ने व्यवस्था पहिले देखि नै लागु गरिरहेको छ । सन् २००८ को नुन ९ मा नै यसबारे नियम प्रकाशित गरिएको थियो ।

अमेरिकामा आउनुभन्दा ७२ घण्टा अगाडि नै अनलाइनमार्फत यात्रा अनुमतिका लागि आवेदन दिन सुझाव दिइएको छ । अनलाइनमार्फत विवरण पेश गरेर अमेरिका आउँदा सिमाक्षेत्रमा प्रकृया पनि छिटो हुने अपेक्षा गरिएको छ । सन् २०१३ देखि २०१७ सम्म अमेरिकामा ४० लाख व्यक्ति स्थलमार्गबाट भिसा सुविधा कार्यक्रम अन्तरगत प्रवेश गरेका थिए । जसमध्ये शुन्य दशमलव १ प्रतिशत व्यक्तिलाई प्रवेशको अनुमति दिइएको थिएन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com