जलवायु परिवर्तनका कारण महिलामा परेको असर कम गर्न गम्भीर बनौँ  :  मुख्यमन्त्री राउत


प्रकाशित मिति : चैत्र १८, २०७८ शुक्रबार

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिलामा परेको असरलाई कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभएको छ । साथसाथै संस्थाले आज जनकपुरधाममा आयोजना गरेको जलवायु परिवर्तनको असर र महिलामा पारेको प्रभाव विषयक कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण महिला बढी जोखिममा रहेकाले त्यस विषयमा सबै पक्ष जिम्मेवार भएर सोच्नुपर्ने बताउनुभयो ।

आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा महिलाको सहभागिता बढाउन सकिए महिलामाथि हुने हिंसा र अन्यायमा कमी ल्याउन सकिने उल्लेख गर्दै मुख्यमन्त्री राउतले महिलाको सबै निकायमा सहभागिता सुनिश्चितता गर्न प्रदेश सरकारले आरक्षणको व्यवस्था गरेको बताउनुभयो ।

सामाजिक बनोट, पुरातनवादी चिन्तन र पितृसत्तात्मक सोचका कारण अझै महिलाको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पहुँच पुग्न नसकेको जिकिर गर्दै मुख्यमन्त्री राउतले सबैले आफ्नो पुरानो सोच र चिन्तनमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताउनुभयो ।

मधेस प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या हुनु र वन जङ्गलको क्षेत्रफल कम हुनु चिन्ताको विषय भएको चर्चा गर्दै उहाँले चुरे क्षेत्रमा हुने बालुवा, गिट्टी, ढुङ्गाको उत्खननलाई नियन्त्रण गर्ने निकायको भूमिका फितलो भएका कारण तराई मधेस क्षेत्र बढी जोखिममा परेकोे औँल्याउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘‘एकातिर तीव्ररूपमा वन फँडानी, चुरेको दोहन र गिट्टी, ढुङ्गाको उत्खनन भइरहेको छ भने अर्कोतिर त्यसलाई नियन्त्रण गर्ने, कानूनी कार्यान्वयन गर्ने निकायको भूमिका फितलो छ”, मुख्यमन्त्री राउतले भन्नुभयो, ‘‘जसका कारण तराई मधेसमा पानीको हाहाकार देखिन थालेको, उत्पादन घट्दै गएको र बर्सेनि बाढीको समस्या बढ्दै गएको ।” त्यसलाई नियन्त्रण गर्न प्रदेश सरकारले चाहेको भए पनि नियन्त्रण गर्न नसकेको उहाँको भनाइ थियो ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले जलवायु परिवर्तनको असर हिमालदेखि तराईसम्म परेको भए पनि सबैभन्दा बढी तराई मधेसका महिलामा प्रभाव परेको बताउनुभयो ।

उद्देश्यबारे प्रकाश पार्दै साथसाथै संस्थाका अध्यक्ष रचिता कार्कीले महिलाले पनि जोखिमपूर्ण कार्य गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न अगुवा महिलाको समूहले हालै कालापत्थरसम्मको पदयात्रा गरेको जानकारी दिनुभयो । त्यही यात्राका क्रममा १० बुँदे घोषणापत्र जारी गरेको जानकारी गराउँदै उहाँले घोषणापत्रकै मर्म र भावनाअनुसार जलवायु परिवर्तनका कारण हिमालमा परेका असरको सन्देश मधेसमा र मधेसमा परेको प्रभावको सन्देश हिमालमा प्रवाह गर्न पदयात्रापश्चात पहिलो पटक मधेसमा कार्यक्रम गरिएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com