चार वर्षसम्म तलब नपाएपछि विद्यालयविरुद्ध मुद्दा


प्रकाशित मिति : चैत्र १८, २०७८ शुक्रबार

कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलव नदिएको आरोप लगाउँदै खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापनविरुद्ध उजुरी गर्नुभएको छ । आफूलाई चार वर्षसम्म तलब नदिएर श्रम शोषण गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापनविरुद्ध उहाँले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको हो ।

शेर्पा विसं २०६४ देखि उक्त विद्यालयको कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुहुन्थ्यो । सुरुमा एक हजार तलब सुविधा पाउँदै आउनुभएकी उहाँको तलब पछि रु ५००ले वृद्धि भएर मासिक रु एक हजार ५०० पुगेको थियो । विसं २०७२ सालको साउन महिनासम्म शेर्पाले नियमितरुपमा तलब पाइरहनु भएको थियो । पछि विसं २०७२ भाद्र ४ गते विद्यालय व्यवस्थापन समितिको बैठक बसेर उहाँलाई वार्षिक रु ५० हजार तलब दिने निर्णय गरिएकोे थियो । उक्त निर्णयपछिका चार वर्षसम्म भने उहाँले तलब पाउनुभएको छैन । विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग पटक–पटक ताकेता गर्दा पनि तलब नदिएकाले आफूले बाध्य भएर उजुरी दिनु परेको शेर्पाले बताउनुभयो ।

विद्यालयमा पटक–पटक आफूले पाउनुपर्ने तलबबारे ताकेता गर्दा प्रधानध्यापक होमराज तामाङ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कामी शेर्पाले विभिन्न बाहना गर्दै आलटाल गरेर तलब नदिएको उहाँको गुनासो थियो। “चार वर्षसम्म तलब नै नपाए पनि काम गरिरहेँ । पछि आर्थिक समस्याले निकै पिरलेकाले जति तोकता गर्दा पनि प्रधानाध्यापक र अध्यक्षले कुनै चासो नदिएपछि विसं २०७६ साल असार महिनामा जागिर छोडिदिएँ । त्यो बेला नै उजुरी दिने सोचमा थिएँ । उहाँहरु गाउँठाउँकै व्यक्ति भएकाले मुद्दा मामिला बिना नै तलब दिनुहुन्छ भन्ने लागेको थियो,” उहाँले भन्नुभयो, “कतै उजुरी गर्नु पर्दैन चाँडै तलव दिलाइदिन्छौ भनेकै कारण यो बेलासम्म कुरेको पनि थिएँ तर जति आग्रह गरेपनि तलव नपाएपछि आखिरमा उजुरी गर्न बाध्य भएकी हुँ ।” शेर्पाले विद्यालयविरुद्ध जिल्ला प्रशासन कार्यालयमा यही चैत १३ गते उजुरी दर्ता गराउनुभएको थियो ।
कार्यालय सहयोगी शेर्पाको तलबको विषयमा आफू जिम्मेवार नहुने प्रधानध्यापक होमराज तामाङले बताउनुभयो । यो विषय विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीभित्र पर्ने उहाँले प्रतिक्रिया दिनुभयो । “समितिका अध्यक्षले आफै तलब दिलाउँछु भनेर कार्यालय सहयोगीको रुपमा उहाँलाई राख्नुभएको हो । प्रायः आर्थिक कारोबार पनि उहाँले नै गर्नुहुन्छ । कार्यालय सहयोगीलाई तलब दिने कुरा पनि उहाँकै जिम्मेवारी भएकाले यसबारे म धेरै बोल्दिन ।” प्रधानाध्यापक तामाङले भन्नुभयो ।

अध्यक्ष शेर्पाले भने प्रधानाध्यापक तामाङले आफूलाई जानकारी नै नदिई बैंकबाट रकम निकासा गर्ने गरेकाले यो समस्या भएको बताउनुभयो । प्रधानाध्यापकले आर्थिक हिनामिना गरेकाले लामो समयसम्म कार्यालय सहयोगीलाई समेत तलब दिलाउन नसकिएको स्वीकार गर्दै उहाँले भन्नुभयो, प्रधानाध्यापकले मनोमानी ढङ्गले बंैकबाट पैसा निकालेकाले कार्यालय सहयोगी शेर्पालाई तलब दिलाउने विषयमा पहिल्यैदेखि नै विवाद हुँदै आएको थियो ।” “शेर्पाले पनि जागिर छाडेपछि तलब दिलाउन झनै समस्या भयो । अध्यक्ष शेर्पाले भन्नुभयो, “हामीविरुद्ध मुद्दा नै परिसकेछ अब केही सरसल्लाह गरेर टुङ्गोमा पुग्छौँ ।” प्रधानाध्यापकसँग राम्रो बोलचालसमेत नहुँदा विद्यालय सञ्चालन गर्न समस्या भएको उहाँको भनाइ थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त गाउँपालिकाको शिक्षा शाखाले विद्यालयमा अनियमितता भएको गुनासो आएपछि स्पष्टिकरण सोधेको छ । कर्मचारीले तलब नपाएको र प्रधानाध्यापक र अध्यक्षबीच विवाद भएको विषयमा प्रधानाध्यापकलाई स्पष्टिकरण सोधिएको शिक्षा शाखाका निमित्त प्रमुख बुद्धिराज मुलिचाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले भने उजुरी परेको र यो विषय छानबिनकै क्रममा रहेको जनाएको छ । उजुरीमाथि छानबिन सुरु भएको बताउँदै प्रमुख जिल्लाअधिकारी दिलकुमार तामाङले भन्नुभयो,“चार वर्षसम्म तलब नपाउँदा पनि उहाँले किन उजुरी दिनुभएन रु यो अलि असामान्य विषय भएकाले हामी छानबिन गर्छौ ।” प्रजिअ तामाङले भन्नुभयो,“सम्बन्धित पक्षलाई झिकाएर छलफल गरी कार्यालय सहयोगी शेर्पा आर्थिक शोषणमै परेको पुष्टि भए दोषीउपर कारबाही र पीडितलाई न्याय दिलाउछांँै ।” कुनै बहानामा श्रम शोषण गर्न नमिल्ने उहाँको भनाइ थियो ।

पीडित शेर्पाले प्रधानाध्यापक र अध्यक्षले पाउने जति सबै तलब चाँडै दिलाउने आश्वासन दिएकै कारण उजुरी दिन ढिलाइ भएको बताउनुभयो । गत भदौ ३१ गते रामेछापको मन्थलीस्थित कुनौरीमा भएको बोलेरो दुर्घटनामा श्रीमान्लाई गुमाएपछि उहाँलाई थप आर्थिक सङ्कट झेल्नुपरेको थियो । बालबालिकाको शिक्षादिक्षामा सहयोग पुग्ने भएकाले आफूले पाउनुपर्ने तलबबापतको रकम माग गरेको शेर्पाको भनाइ थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com