वर्क परमिट नविकरणको आवेदन पेन्डिङ रहँदा स्वत म्याद लम्बिने अवधि बढाउँदै युएससीआईएस


प्रकाशित मिति : चैत्र १५, २०७८ मंगलबार

एसाइलम आवेदकहरु लगायतले वर्क परमिटको नविकरणका लागि आवेदन दिंदा वर्क परमिटको अवधि स्वत लम्बिने १८० दिनको अवधिभित्र पनि युएससीआईएसले वर्क परमिट नविकरण गर्नमा समस्या भएपछि युएएससीआईएसले स्वत लम्बिने अवधि बढाउने तयारी गरेको छ । नविकरणका लागि दिएको आवेदन पेन्डिङ अवस्थामा रहेको बेलामा आवेदकलाई वर्क परमिटविहिन हुन नदिन युएससीआईएसले १८० दिनको अवधि बढाउने तयारी गरेको हो ।

वर्क परमिटको अवधि समाप्त हुनुभन्दा ६ महिनाभित्र आवेदन दिनुपर्ने र म्याद सकिएको १८० दिनसम्म वर्क परमिटले काम गर्ने भएतापनि यो १२ महिनाको अवधिमा पनि युएससीआईएसले कैयन आवेदकका वर्क परमिट नविकरण गर्न सकेको छैन । जसका कारण वर्क परमिट नविकरणको आवेदन दिएका कैयन आवेदक वर्क परमिट विहिन बन्न पुग्दा समस्या भोगिरहेका छन् ।

पछिल्ला दिनमा युएससीआईएसले स्वास्थ्यकर्मीहरु र बालबालिकाहरुको हेरचाह गर्नेहरुले वर्क परमिटको छिटो नविकरणका लागि अनुरोध गर्नसक्ने नियम ल्याएको छ । तर अन्यका सन्दर्भमा भने युएससीआईएसले नविकरणमा लामो समय लगाउँदा काम नै गुमाउनुपर्ने अवस्था समेत आएको छ । यो स्थीतिको अन्तय गर्न युएससीआईएसले अस्थायी अन्तिम नियमको घोषणा गर्ने लागेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबारेको नियमको पुनरावलोकन भइरहेको छ भने केही दिनमा नै यो नियम घोषणा हुने अपेक्षा गरिएको छ । तर नियमको घोषणा कहिले हुने भन्नेबारे युएससीआईएसले केही बताएको छैन ।

समयमै नविकरण गरिएको वर्क परमिट प्राप्त गर्न नसक्दा कैयन एसाइलम आवेदकले काम गुमाएका छन् भने कैयनले गुमाउने अवस्था रहेको छ । युएससीआइएसले एसाइलमका वर्क परमिट नविकरणमा १२ महिना भन्दा लामो समय समेत लगाउने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com