नेपाल आइपुग्यो अमेरिकाबाट साढे ७ लाख डोज फाइजर खोप, अहिलेसम्म ३१ लाख डोज


प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार

नेपाली जनताहरूको लागि अमेरिकी सरकारद्वारा सहयोगस्वरूप उपलब्ध गराइएको ७ लाख ६६ हजार ३ सय ५० डोज कोरोनाबिरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ । र अरू थप डोज खोप पनि आउने क्रममा रहेको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ।

अहिलेसम्मा अमेरिकी सरकारले विश्वका झन्डै ११० भन्दा बढी देशहरूलाई ५० करोड डोजभन्दा बढी कोभीड १९ बिरुद्धको खोप निशुल्क उपलब्ध गराइसकेको छ । जसमा नेपालले एकतीस लाख डोज प्राप्त गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत डिसेम्बरमा पनि अमेरिकी सरकारले ६ लाख ६४ हजार ५६० डोज कोरोनाबिरुद्धको फाइजर खोप कोभ्याक्स मार्फत नेपाललाई उपलब्ध गराएको थियो । त्यस्तै अक्टोबरको अन्तिम साता पनि नेपाल सरकारलाई अमेरिकी सरकारले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो ।

फाइजर खोप लामो समयका लागि ८० डिग्री सेल्सियसमा राख्नुपर्ने भए पनि एक महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसमा समेत राख्न सकिन्छ । यो खोप २१ दिनको अन्तरमा २ डोज लगाउनुपर्छ । प्रतिरोध क्षमता कमजोर भएकाहरुले दोश्रो डोज लगाएको २८ दिनपछि तेश्रो डोज लगाउन सक्छन् । अन्य व्यक्तिले दोश्रो डोज लगाएको कम्तीमा ६ महिनापछि तेश्रो बुस्टर डोज लगाउन सक्छन् ।

सन् २०२० को डिसेम्बरमा प्रयोगका लागि आपतकालिन अनुमति पाएको यो खोपले गत अगस्त २३ मा एफडीएबाट प्रयोगका लागि पूर्णरुपमा अनुमति प्राप्त गरेको हो ।

कस्ले लगाउन हुँदैन यो भ्याक्सिन ?

एलर्जिक प्रतिकृया हुनेहरुले यो खोप लगाउन हुँदैन । गम्भिर प्रकारको वा सामान्य प्रकारको एलर्जिक प्रतिकृया हुनेहरुले पनि यो खोप लगाउन नहुने अमेरिकन सीडीसीले जनाएको छ ।

त्यस्तै पहिलो डोज लगाउँदा एलर्जिक प्रतिकृया देखिएकाहरुलाई पनि यो भ्याक्सिनको दोश्रो डोज नलगाउन सिफारिस गरिएको छ । त्यस्तो एलर्जिक प्रतिकृया एपिनेफ्रिन वा एपिपेनबाट उपचार गर्न सकिने सीडीसीले जनाएको छ । गम्भिर प्रकारको साइड इफेक्ट भएमा तत्काल स्वास्थ्य सहायता खोज्नुपर्छ ।

खोप लगाएको ४ घण्टाभित्र सुन्निने, स्वास फेर्न गाह्रो हुने, फोका उठ्ने लगायतका समस्याहरु देखिएमा तत्काल एलर्जिक प्रतिकृया भएको सम्झनुपर्छ । फाइजर भ्याक्सिन लगाउन नसक्नेहरु अन्य प्रकारका भ्याक्सिन लगाउन भने योग्य हुनसक्छन् ।

कस्ता साइड इफेक्ट सामान्य ?

भ्याक्सिन लगाएको पाखुरामा दुख्ने, रातो हुने, हल्लका सुन्निने सामान्य प्रकारका साइड इफेक्टहरु हुन् । त्यस्तै थकान अनुभव हुने, टाउको दुख्ने मांशपेशी दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जाडो अनुभव हुने लगायतका साइड इफेक्ट पनि देखिन सक्छन् ।

भ्याक्सिन लगाएको एकदेखि दुईदिनसम्म त्यस्ता साइड इफेक्ट देखिन सक्छन् । यस्ता साइड इफेक्टको अर्थ शरीरले संरक्षण निर्माण गरिरहेको संकेत रहेको र केहीदिनमा आफै हराउने सीडीसीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com