भारतीय अभिनेता सलमान खानद्वारा मन्त्री आलेको निमन्त्रणा स्वीकार, सगरमाथा आरोहण गर्ने प्रतिबद्धता


प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता सलमान खानलाई निमन्त्रणा दिनुभएको छ । ओडिसी इन्टरटेनमेन्ट परिवार लाजिम्पाटले आज सोल्टी होटलमा आयोजना गरेको मन्त्री आले र अभिनेता सलमानबीचको भिडियो संवादमा मन्त्री आलेले सगरमाथा आरोहणका लागि निमन्त्रणा दिनुभएको थियो ।

उक्त संवादका क्रममा मन्त्री आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउन आफूले निमन्त्रणा दिएको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “सलमानजी सगरमाथा विश्वमै सर्वोच्च शिखरका नामले चर्चित छ, सगरमाथा आरोहणसहित सगरमाथा क्षेत्रमा हवाइयात्रा गर्नका लागि म निमन्त्रणा गर्दछु ।”

सोही संवादका क्रममा मन्त्री आलेले नेपालमा तपाईंका धेरै प्रशंसक रहेका र नेपालमा आएर यहाँका विभिन्न पर्यटकीय क्षेत्रमा टिभी सो सुटिङ गर्न पनि खानलाई आग्रह गर्नुभयो । पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमण करिबकरिब शून्य जस्तै बनेकाले नेपाल अहिले खुला भएकोसमेत जानकारी गराउनुभयो ।

नेपाल कला, संस्कृति तथा पर्यटनका दृष्टिकोणले निकै धनी मुलुक भएकाले यहाँको पर्यटन प्रवद्र्धनका लागि भए पनि नेपालमा आएर आफ्ना टिभी सो तथा चलचित्र छायाङ्कन गरिदिन सलमानसहित अन्य कलाकारलाई मन्त्री आलेले आग्रह गर्नुभएको थियो । सोही क्रममा मन्त्री आलेले सलमान खानका ‘बिबी हो तो एैसी, तेरे नाम, दबङ, टाइगर अभी जिन्दा हे’ जस्ता चलचित्रका बारेमा प्रशंसा गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री आलेले दिनुभएको निमन्त्रणा स्वीकार गर्दै भारतीय अभिनेता खानले आफू नेपाल आउने र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म केही समयमा नेपाल आउँछु, तपाईंले दिनु भएको निमन्त्रणाअनुसार सगरमाथा आरोहण गर्नेछु र भ्रमण गर्नेछु ।” यसैगरी अभिनेता खानले मन्त्री आलेको यो प्रस्तावलाई सकारात्मकरूपमा लिँदै नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने वचनबद्धता दिनुभयो ।

अभिनेता खानले आफू काठमाडौँको दशरथ रङ्गशालामा हुने कार्यक्रमका लागि आगामी जेठ १४ गते नेपाल आउन लागेको जानकारीसमेत दिनुभयो । साथै उहाँले यसअघि पटकपटक नेपाल आउन आग्रह गरिएको भए पनि विभिन्न परिस्थितिका कारण समय नमिलेर आउन नसकेको र यसपटक आउन एकदमै उत्साहित रहेको बताउनुभयो ।

करिब १० मिनेट भएको उक्त भिडियो संवाद ९भर्चुअल कुराकानी० मा मन्त्री आलेले आफू अभिनेता खानको ठूलो प्रशंसक रहेको र प्रायः अधिकांश चलचित्र हेरेको तथा खान विश्व चर्चित अभिनेता भएका कारण उहाँले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउँदा देशलाई ठूलो फाइदा हुने बताउनुभएको थियो ।

आगामी जेठ १४ गते दशरथ रङ्गशालामा हुने ‘दबङ रिलोडेड टुर’का लागि ओडिसी इन्टरटेनमेन्टले भारतीय अभिनेता खानलाई नेपाल ल्याउन लागेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com