चिसोमा तातो र गर्मीमा चिसो हुन्थ्यो पानी तर हराए ‘कुवा’


प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार

– राजेन्द्रप्रसाद पनेरु

कुनै बेला तराईमा पूरै गाउँको खानेपानीको एउटै स्रोत कुवा हुन्थ्यो । पालो पु-याएर सबैले घरका लागि खानेपानी लग्ने गर्दथे । विशेष गरी बिहान र साँझका बेला कुवाबाट पानी झिक्दै नुहाउने र पानी भर्नेको लर्को लाग्ने गर्दथ्यो ।

विगत सम्झदै शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका मानबहादुर चौधरीले भन्नुभयो, “कुवा एका देशको कथा जस्तै भएको छ, गाउँमा रहेका कुवा हेण्डपम्प गाडने कार्य हुन थालेपछि हराउँदै गए, बुढापाकाको कथा कहानी र भनाइमा मात्रै कुवाको चर्चा मात्रै सुन्न पाइने गरेको छ ।” उहाँका अनुसार गाउँका जमिन्दारका घरमा मात्रै व्यक्तिगत कुवा हुन्थ्ये । पूरै गाउँका लागि एउटै कुवा हुन्थ्यो । गाउँका सबैले मिलेर वर्षमा एक पटक कुवा सफा गर्दथे ।

कुवामा पानी भर्नेको लर्को लाग्ने भएकाले पालो नआउँदासम्म गाउँका बासिन्दा जमघट हुँदै निकै रमाइलो हुने गर्दथ्यो । सुख दुःखका कुरासँगै गाउँका विकास र सामाजिक कार्यका बारे चर्चा हुने गर्दथ्यो । आजभोलि जस्तो सञ्चारका माध्यम थिएनन् । एउटै सञ्चारको माध्यमका रुपमा रेडियो हुन्थ्यो । रेडियो पनि थोरैका घरमा हुन्थे । रेडियो ल्याएर पानी भर्न आउनेले सबैलाई गीतसँगै समाचार सुनाउने गर्दथे । पानी भर्न आएका रेडियो सुन्नकै लागि कुवा भएको क्षेत्रमा निकै वेर बस्ने गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसं २०३२ अघि स्थानीय बासिन्दाले काठको ढुङग्रो राखेर कुवा बनाउने गर्दथे । केहीले खोलाको पानी पिउनका लागि प्रयोग गर्दथे । “आजभोलि जस्तो खोला दुषित थिएनन्”, लक्ष्मण डगौराले भन्नुभयो, “खानेपानी, लुगा धुन, बस्तु भाउलाई पानी खुवाउन खोलाकै पानी प्रयोग हुन्थ्यो, कुवा त थोरैका घरमा हुन्थ्यो, कुनै गाउँमा त एउटा मात्रै कुवा हुन्थ्यो, त्यसकाबाटै खानेपानीको व्यवस्था हुन्थ्यो ।”

वैशाख जेठका बेला कुवा सुक्ने भएकाले धेरैले खोलाकै पानी प्रयोगमा ल्याउने गरेको उहाँको भनाइ छ । “कुवाको पानी चिसोमा गरम र गर्मीमा चिसो हुने गर्दथ्यो, कुवाको गहिराइ १० फिटदेखि ६० फिटसम्म हुने गर्दथ्यो”, स्थानीय मानसिंह भण्डारीले भन्नुभयो, “हालको हेण्डपम्प र ओभरहेड ट्याङ्कीको जस्तो सुरक्षित पानी भने कुवाको हुने गरेको थिएन, वर्षातको पानी कुवामा जम्माहुँदै निकै दुषित हुने गर्दथ्यो, भ्यागुता, लामखुट्टेलगायत कुवाको पानीमा हुने भएकाले पानीजन्य रोगको प्रकोप त्यस बेला अधिक रहने गरेको थियो ।”

तत्कालीन सरकारले विसं २०३२ मा गाउँ गाउँमा कुवा बनाउनका लागि बजेटको व्यवस्था गरी पक्कि कुवा बनाएको उहाँको भनाइ छ । हाल बस्ती विकाससँगै हेण्डपम्प र ओभरहेड ट्याङ्की निर्माण हुन थालेपछि कुवा हराउँदै गएका छन् । हेण्डपम्प भएका ठाउँका बासिन्दाले फिल्टरको प्रयोग गरी खानेपानी उपभोग गर्दै आएका छन । केहीले विना फिल्टर हेण्डपम्पको पानी प्रयोगमा ल्याउने गरेका छन् । जुन विगतको कुवाको पानीभन्दा निकै सुरक्षित रहेको छ । कुवाको पानी प्रयोग गर्दा हुने पानीजन्य रोगको प्रकोपसमेत विगतको जस्तो नरहेको भण्डारी बताउनुहुन्छ ।

“महेन्द्रनगर बजारमा थोरैका घरमा मात्रै हेण्डपम्प थिए, विसं २०४० पछि ग्रामीण क्षेत्रमा हेण्डपम्प गाडन सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “हेण्डपम्प पाउनका लागि सरकारी निकायमा निकै दौडधुप गर्नु पर्दथ्यो, पञ्चहरुलाई निकै गुहार्नु पर्दथ्यो, हेण्डपम्प पाउनेले आफूलाई निकै सौभाग्यशाली सम्झन्थे ।” ग्रामीण क्षेत्रका केही ठाउँमा हाल ओभरहेड ट्याङ्कीमार्फत खानेपानीको आपूर्ति भइरहेको छ भने बहुसङ्ख्यक व्यक्तिका घरमा कुवाको ठाउँमा खानेपानीका लागि अझै पनि हेण्डपम्पकै प्रयोग हुने गरेको छ ।

“पहिला कुवा हुनु नै धेरै थियो, त्यसपछि हेण्डपम्पको चलन चलेपछि यसलाईनै धेरैले रुचाए”, स्थानीयवासी तेज शाहले भन्नुभयो, “अब हरेक क्षेत्रमा ओभर हेड ट्याङ्कीमार्फत पानी पु¥याउन थालिएपछि यसलाई नै सुरक्षित मान्न थालिएको छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com