सबैले एमालेलाई मत दिने भएपछि हामी पछाडि पर्ने सम्भावना नै छैन : अध्यक्ष ओली


प्रकाशित मिति : चैत्र ५, २०७८ शनिबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थानीय तहको निर्वाचनमा धेरै स्थानामा पार्टीले जितेमा राष्ट्रियसभामा आफ्ना प्रतिनिधि लान सकिने र देशको विकासको कामलाई स्थानीय तहबाट उठाएर जनताका चाहनालाई माथि लान सकिने बताउनुभयो ।

“सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मनोवैज्ञानिक त्रास छ भने हटाउन म साथीहरुलाई आग्रह गर्दछु । ज्येष्ठ नागरिक, युवा, गृहिणी, राष्ट्रसेवक सबैका पक्षमा हामीले सरकारमा हुँदा काम गरेका छौँ”, उहाँले भन्नुभयो, “ती सबैले एमालेलाई मत दिने भएपछि हामी पछाडि पर्ने कुनै सम्भावना छैन ।” आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।

उहाँले गत निर्वाचनमा पनि गठबन्धनलाई पराजित गरेर एमाले जस्केलाबाट नभई मूल ढोकाबाट सरकारको नेतृत्वमा पुगेको स्मरण गराउँदै पुनः एमालेले सत्तारोहण गर्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले आजै मदन भण्डारी फाउन्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै समृद्ध मुलुक निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न बौद्धिक जगतले जागरण ल्याउने काम गर्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com