वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)


प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार

Revellers gather to celebrate Holi, the spring festival of colours, in Kathmandu on March 17, 2022. (Photo by PRAKASH MATHEMA / AFP)

कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यसवर्ष भने उत्साहपूर्वक  मनाएका छन् ।

काठमाडौँको बसन्तपुरमा होली खेल्नेहरूको भीड

विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित काठमाण्डौँको वसन्तपुर यस वषको होलीमा भने खाचाखच भरिएको छ । यहाँ होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।

काठमाडौँको बसन्तपुरमा बिहीबार होली खेलेर मनोरञ्जन लिँदै विदेशी पर्यटक 

उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी पर्व मनाएका छन् । वसन्तपुरमा मात्रै होइन सहरका विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुर्घटनारहित बनाउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेसँगै मर्यादितरुपमा पर्व मनाइएको छ । यसअघिको जस्तो एक हप्ताअघिदेखि बाटोमा हिँड्ने नागरिकले खेप्नुपर्ने सास्ती भने यस वर्ष सामना गर्नु नपरेको वसन्तपुरमा होली खेल्न आउनुभएका दिक्षा कपाली बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “आज होलीकै दिन पनि खेल्न नचाहनेलाई बाध्यात्मक अवस्था छैन हुलमै पुगेर पनि बच्नसक्ने अवस्था छ ।” काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्नका लागि एक हजार ३०० ट्राफिक प्रहरीलाई खटाइएको र नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रबन्ध मिलाइएको महाशाखाले जनाएको छ ।

होलीको रङगले अनुहारमा नेपालको राष्ट्रिय झण्डा बनाए काठमाडौँको बसन्तपुरमा होली खेल्न सहभागी युवा

यस पवको मौका छोपी उछृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने, मोटरसाइकलमा क्षमताभन्दा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ वा लोला हान्नेलाई कालीमाटी चोक, त्रिपुरेश्वर चोक, कलङ्कीलगायत सहरका मुख्य स्थानमा सवारीलाइ चेक गरी प्रहरीले कारवाही गरेको छ ।

पहाडी जिल्लामा आज मनाइएको यस पर्व तराईमा भने भोलि मनाइनेछ । होलीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com