मिथिलामध्यमा परिक्रममा यात्रा जनकपुरधाम आउँदै


प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार

मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिलामध्यमा परिक्रमा यात्रामा सहभागी श्रद्धालु भक्तजन आज बिहानैदेखि जनकपुरधाम फर्किन थालेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको उक्त यात्रा आज १५औँ दिन जनकपुरधाम फर्किन लागेको हो ।

परिक्रमाको डोला फागुपूर्णिमाको दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोशे अन्तगृह परिक्रमा गरी समाप्त हुने बिहारी मन्दिरका महन्थ रामनरेश दासले बताउनुभयो ।त्रेतायुगमा मिथिलाका राजा जनककी पुत्री सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामसँग शुभविवाह पछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष फागुण शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा गर्ने चलन छ ।

परिवारजनको शान्ति, समृद्धि, सुख र ऐश्वर्य प्राप्तिसहित अन्त्यमा मोक्ष मिल्ने विश्वासका कम्तिमा पनि एक पटक भए पनि उक्त परिक्रममा सहभागी हुनैपर्ने धार्मिक मान्यता रहिआएकाले परिक्रमा यात्रामा सहभागी लाखौँ तीर्थयात्री खाली खुट्टा श्रद्धासहित भ्रमण गर्ने गर्दछन् । परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पुग्ने परम्परा रहेको महन्थ दासले बताउनुभयो ।

नेपाल र भारतबीचको धार्मिक सांस्कृतिक एवं पारस्परिक सद्भावका प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुहरुले १३५ किलोमिटर पैदलयात्रा गर्ने गर्दछन् । श्रद्धालुको सुविधाका लागि नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थलमा अन्न क्षेत्र घोषणा गरेर साधुसन्त तथा भक्तजनलाई निःशुल्क भोजन गराउने चलन रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com