नेकपा गठन भएसँगै षडयन्त्र सुरु भयो : अध्यक्ष दाहाल


प्रकाशित मिति : फाल्गुन ३०, २०७८ सोमबार

k|lzIf0f sfo{qmd pb3f6g uf]bfj/L, #) kmfu’g M g]kfn sDo’lgi6 kf6L{-dfcf]jfbL s]Gb|_åf/f wgu9Ldf ;f]daf/ cfof]lht sfo{stf{ k|lzIf0f sfo{qmdsf] pb3f6g ub}{ cWoIf k’iksdn bfxfn …k|r08Ú . tl:a/ M dLg 7s’/L÷/f;;

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र सुरु भएको बताउनुभएको छ । धनगढीमा आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा (एमाले)सँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशीविदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताउनुभयो ।

उहाँले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षडयन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको जिकीर गर्नुभयो । उहाँले भन्नुभयो, “विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो ।” लाखौँको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशीविदेशी सेटिङ असफल भएको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले माओवादी केन्द्रको निर्णायक भूमिकाले प्रतिगमन परास्त भएको बताउँदै दोस्रोपटकसमेत प्रतिगमनकारीले संविधानमाथि प्रहार गरेर संसद् विघटन भएकाले आफूले गठबन्धन निर्माणको पहल गरेको बताउनुभयो । निर्वाचनमा एमालेसँग गठबन्धन गरेसँगै पार्टी एकता गरिएको बताउँदै उहाँले पार्टीलाई एकढिक्का बनाउन लड्दालड्दै विभाजित हुन पुगेको बताउनुभयो ।

पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्नेगरी जानुपर्छ भन्ने हो उहाँले भन्नुभयो, “तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो ।” अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताउनुभयो । उहाँले एमसिसी जस्ताको त्यस्तै पारित नगरी संशोधन गरेर पारित गरिएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com