अमेरिकाको भिजिटर लगायतका गैर आप्रवासी भिसा शुल्क १६० डलरबाट बढाएर २४५ डलर बनाइदै


प्रकाशित मिति : फाल्गुन २९, २०७८ आईतबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने भएको छ । डिसेम्बरमा फेडरल रजिष्टरमा प्रकाशित गरिएकोमा फेब्र्रअरी २८ मा यसमा कमेन्ट अवधि पनि समाप्त भइसकेको छ । अब भिसा शुल्ब बढाउने अन्तिम नियमको तयारी गरिएको छ । जस अनुशार भिजिटर भिसा लगायत  अधिकांश गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर २४५ डलर बनाइने भएको छ ।

भिजिटर भिसा, विद्यार्थी भिसा, ट्रान्जिट भिसा, मिडिया भिसा लगायतका अधिकांश गैर आप्रवासी भिसाका लागि अहिलेसम्म भिसा शुल्क १६० डलर रहेको छ । त्यस्तै रोजगारमा आधारित कामदार र गैर आप्रवासी भिसाहरुहरुको शुल्क १९० डलर रहदै आएकोमा ३१० डलर बनाउने प्रस्ताव गरिएको छ । एच, एल, ओ, पी, क्यु, आर लगायतका श्रेणीका यस्ता भिसाको शुल्क बढाउने प्रस्ताव गरिएको हो ।

अमेरिकी दूतावास काठमाडौं

त्यस्तै ब्यापारी, लगानीकर्ता लगायतका लागि प्रदान गरिने ई भिसाको शुल्क पनि २०५ डलरबाट बढाएर ४८५ डलर बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै २ बर्षसम्म नयाँ भिसा नलिनेगरी जे भिसा लिएकाहरुलाई छुट दिनुपरेको खण्डमा छुट आवेदनका लागि १२० डलर लिइदै आएकोका बढाएर ५१० डलर बनाउने तयारी गरिएको छ । निश्चित प्रकारका जे भिसावाहकहरु अमेरिकाबाट फर्केपछि २ बर्ष अमेरिका जान नपाउने प्रावधान रहेकोमा २ बर्षअगाडि जानुपरेमा छुटको आवेदन दिन आवश्यक हुन्छ ।

विभिन्न प्रकारका भिसा शुल्कहरु बढाउँदा अमेरिकी सरकारलाई २७ करोड, १२ लाख ८१ हजार ७९० डलर बढी आम्दानी हुने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्तावित नियमको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com