दुई लाख नेपाली युवा विदेशीए,पाँच खर्ब ४० अर्ब विप्रेषण भित्रियो


प्रकाशित मिति : फाल्गुन २७, २०७८ शुक्रबार

देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा बढेको पाइएको हो ।

एक विवरणअनुसार गत माघ मसान्तसम्म कूल दुई लाख १०२ नेपाली रोजगारीको खोजीमा विदेशिएका हुन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८५.४ प्रतिशतले घटेको थियो ।

गत माघ मसान्तसम्मको विवरणअनुसार एक लाख ५२ हजार ३२५ जनाले पुनःश्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २६६ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनकि भएको छ ।

चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा उल्लेख्य मात्रामा नेपाली नागरिक रोजगारीको खोजीमा विदेशिए । हरेक दिन जसो विभिन्न वायु सेवा प्रदायकले नेपाली युवा बाकेर धावनमार्ग छाड्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काम गर्ने उमेर समूहका मानिस विदेशिनु आफँैमा देशका लागि राम्रो मानिदैन । एकातिर विदेशिने नेपालीको सङ्ख्यामा बढोत्तरी हुनु, अर्कोतर्फ विप्रेषणको आप्रवाह ओरालो लाग्नु आफँैमा अमिल्दो देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरणमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई  पाँच खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई चार अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु ६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com